News Portal

जाजरकोटमा नेकपाबाट निर्वाचित वडाध्यक्ष र सदस्यसहित डेढ सय बढी कार्यकर्ता कांग्रेस प्रवेश

हिमाली संचार संवाददाता
७९४ पटक

जाजरकोट : जाजरकोटमा डेढ सय बढी नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । निर्वाचन भएको एक वर्ष नपुग्दै नेकपा नेता कार्यकर्ताहरु पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

जाजरकोटमा बुधबार मात्र एक सय ७० भन्दा बढी स्थानीय नेकपा नेता कार्यकर्ताले पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई कांगेसका युवा नेता एवं पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले पार्टीमा स्वागत गरे । कांग्रेस कुशे गाउँपालिकाले बुधबार आयोजना गरेको आमसभामा एकीकृत माओवादी केन्द्र बाट टिकट लिएर स्थानीय तहको निर्वाचनमा विजयी भएका वडा अध्यक्षसहित सदस्यहरु सामुहिक रुपमा कांग्रेसमा प्रवेश गरे ।

कुशे पाउँपालिका वडा ६ का वडाध्यक्ष अमर शाही सहित ८ वटा सदस्य कांग्रेस प्रवेश गरे । कुशे गाउँपालिका–६ को घरंगामा आयोजना गरिएको आमसभामा पार्टी प्रवेश गर्नेको लर्काे नै लागेको थियो । पार्टीमा स्वागत गर्दै नेपाल तरुण दलका पूर्वअध्यक्ष एवं राज्यमन्त्री राणाले कांग्रेस प्रवेश गर्ने सबैलाई पार्टीले उचित जिम्मेवारी दिने प्रतिवद्धता जनाए ।

उनले भने, ‘नेकपाले निर्वाचनमा जनतालाई झुटा आश्वासन दियो, आज त्यस अनुसार काम गर्न सकिरहेको छैन । उल्टै जनतामाथि ज्यादति र आतंक सिर्जना गर्ने काम सरकारबाटै भइरहेको छ ।’ दुई तिहाईको सरकारले शान्ति सुरक्षा र अमनचयन स्थापना गर्न नसकेको उनले दावी गरे ।

बलात्कार दिनदिनै भइरहेका छन्, सरकारकै संरक्षणमा फरक पार्टीमाथि आक्रमण भइरहेको छ, युवा नेता राणाले भने, सरकारको आलोचना बढ्न थालेपछि विरोधीलाई दवाउन आक्रमणमा उत्रिएको छ ।’ कांग्रेस प्रवेश गरेका अध्यक्ष वडाध्यक्ष शाहीले जनताको मुक्ति र देश परिवर्तनको नारा दिएर विगत १० बर्ष जनयुद्ध लडेको पार्टी सरकारमा भएपनि जनताका पक्षमा काम गर्न नसकेको दावी गरे । उनले कांग्रेसले मात्र देशमा विकास सम्भव भएको बताए। कार्यक्रममा कांग्रेसका नेताहरुले गाउँ गाउँ संगठन विस्तार गर्न लाग्ने बताए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...