News Portal

  • जाजरकोटमा नेकपाबाट निर्वाचित वडाध्यक्ष र सदस्यसहित डेढ सय बढी कार्यकर्ता कांग्रेस प्रवेश

    हिमाली संचार संवाददाता
    ७०२ पटक

    जाजरकोट : जाजरकोटमा डेढ सय बढी नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । निर्वाचन भएको एक वर्ष नपुग्दै नेकपा नेता कार्यकर्ताहरु पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

    जाजरकोटमा बुधबार मात्र एक सय ७० भन्दा बढी स्थानीय नेकपा नेता कार्यकर्ताले पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई कांगेसका युवा नेता एवं पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले पार्टीमा स्वागत गरे । कांग्रेस कुशे गाउँपालिकाले बुधबार आयोजना गरेको आमसभामा एकीकृत माओवादी केन्द्र बाट टिकट लिएर स्थानीय तहको निर्वाचनमा विजयी भएका वडा अध्यक्षसहित सदस्यहरु सामुहिक रुपमा कांग्रेसमा प्रवेश गरे ।

    कुशे पाउँपालिका वडा ६ का वडाध्यक्ष अमर शाही सहित ८ वटा सदस्य कांग्रेस प्रवेश गरे । कुशे गाउँपालिका–६ को घरंगामा आयोजना गरिएको आमसभामा पार्टी प्रवेश गर्नेको लर्काे नै लागेको थियो । पार्टीमा स्वागत गर्दै नेपाल तरुण दलका पूर्वअध्यक्ष एवं राज्यमन्त्री राणाले कांग्रेस प्रवेश गर्ने सबैलाई पार्टीले उचित जिम्मेवारी दिने प्रतिवद्धता जनाए ।

    उनले भने, ‘नेकपाले निर्वाचनमा जनतालाई झुटा आश्वासन दियो, आज त्यस अनुसार काम गर्न सकिरहेको छैन । उल्टै जनतामाथि ज्यादति र आतंक सिर्जना गर्ने काम सरकारबाटै भइरहेको छ ।’ दुई तिहाईको सरकारले शान्ति सुरक्षा र अमनचयन स्थापना गर्न नसकेको उनले दावी गरे ।

    बलात्कार दिनदिनै भइरहेका छन्, सरकारकै संरक्षणमा फरक पार्टीमाथि आक्रमण भइरहेको छ, युवा नेता राणाले भने, सरकारको आलोचना बढ्न थालेपछि विरोधीलाई दवाउन आक्रमणमा उत्रिएको छ ।’ कांग्रेस प्रवेश गरेका अध्यक्ष वडाध्यक्ष शाहीले जनताको मुक्ति र देश परिवर्तनको नारा दिएर विगत १० बर्ष जनयुद्ध लडेको पार्टी सरकारमा भएपनि जनताका पक्षमा काम गर्न नसकेको दावी गरे । उनले कांग्रेसले मात्र देशमा विकास सम्भव भएको बताए। कार्यक्रममा कांग्रेसका नेताहरुले गाउँ गाउँ संगठन विस्तार गर्न लाग्ने बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...