News Portal

कोशी प्रदेश प्रहरी अस्पताल बेलबारी नै आउने

हिमालीसंचार संवाददाता
५०४ पटक

पौष-३,मंगलबार/बेलबारी – मोरङको बेलबारीबाट रातरात सारिएको कोशी प्रदेश प्रहरी अस्पताल पुनः बेलबारी आउने भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले बेलबारीमा ठाउँ अभाव भएको भन्दै प्रदेश प्रहरी अस्पतालालाई सुनसरीको इनरुवा स्थित जिल्ला समन्वय समितिको भवनमा सारेको थियो। अस्पताल सारिए लगत्तै स्थानीय राजनीतिक दल, बेलबारी नगरपालिका, वाणिज्य संध र सरोकारवालाहरूले संयुक्तरूपमा अस्पताल फर्काउन आन्दोलन शुरु गरेका थिए ।

मोरङको बेलबारीबाट अस्पताल अन्यन्त्र सारिएपछि पुनःबेलबारी फर्काउन बेलबारीबाट नगरप्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा कोइराला सहित नेपाली कांग्रेस बेलबारीका सभापति छत्र लिम्बु, नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, नेकपा एमालेका जिल्ला सदस्य ईरान राई, नेकपा माओबादी केन्द्रका बेलबारी अध्यक्ष पर्शुराम सुवेदी, इन्चार्ज तिलक राई, कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बु, गीता तिम्सिना लगायतका व्यक्तिहरु काठमाडौं पुगेका थिए। 

काठमाडौंमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर अस्पताल फिर्ता गर्दिन आग्रह गरेपछि प्रधानमन्त्री अस्पताल फर्काउन सकारात्मक भएका थिए। कांग्रेस महासिति सदस्य महेन्द्र सुबेदीका अनुसार – प्रधानमन्त्रीको निर्देशनपछि हाम्रो टोलिले सोमबार दिउँसो प्रहरी प्रमुख, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँग छलफल गरेको थियो।  बेलबारीबाट सारिएको कोशी प्रदेश प्रहरी अस्पताललाई पुनःबेलबारीमै लान प्रहरी महानिरीक्षकसँग सहमति भएको सुबेदीको भनाई छ ।

सुवेदीका अनुसार कोशी प्रदेश प्रहरी अस्पताल सञ्चालन गर्न नगरपालिकाले जग्गा उपलब्ध गराउने सहमती भएको छ । जग्गा उपलब्ध गराउन नगरपालिका सहमत भएको नगरका उप-प्रमुख नितु थापा कोइरालाले बताए । उनका अनुसार एक हप्ता भित्र कार्यपालिका बैठकले निर्णय गरेर अस्पताल सञ्चालन गर्न भवन दिने र जग्गा उपलब्ध गराउने सहमति भएको छ । सहमति अनुसार अस्पताल एक साता भित्र पुन बेलबारीमा नै आउने छ।

प्रतिकृया दिनुहोस्

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...