News Portal

एनसेलसंग सर्वोच्चले माग्यो लिखित जवाफ

हिमालीसंचार संवाददाता
२१० पटक

पौष-३, मंगलबार/काठमाडौं – सर्वोच्च अदालतले एनसेलसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ। आज मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतले सुनुवाइ गर्दै विपक्षीको नाममा लिखित जवाफ पेश गर्न आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

‘निवेदकले अन्तरिम आदेश माग गरेको सन्दर्भमा दुबै पक्षलाई राखेर छलफल गराउन उपयुक्त देखिएको हुँदा त्यसका लागि पुस-१६ गतेको पेशी तोकी पेश गर्नू,’ पोखरेलले आदेशबारे भने। 

अन्तरिम आदेश जारी गर्नुपर्ने/नपर्ने विषयमा छलफल गर्न विपक्षी एनसेल, आजियाटा र नेपाल दूरसञ्चार प्राधिकरण आफैं वा कानून व्यवसायी वा महान्यायाधिवक्ता कार्यालयमार्फत इजलासमा हाजिर हुन समेत अदालतले आदेश दिएको छ। 

मलेसियन कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गर्दा कर छली गरेको भन्दै सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा परमादेश माग गर्दै रिट दायर गरेका थिए। उक्त रिट उपर आज सर्वोचले यस्तो आदेश जारी गरेको हो। 

प्रतिकृया दिनुहोस्

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...