News Portal

एनसेलसंग सर्वोच्चले माग्यो लिखित जवाफ

हिमालीसंचार संवाददाता
२४२ पटक

पौष-३, मंगलबार/काठमाडौं – सर्वोच्च अदालतले एनसेलसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ। आज मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतले सुनुवाइ गर्दै विपक्षीको नाममा लिखित जवाफ पेश गर्न आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

‘निवेदकले अन्तरिम आदेश माग गरेको सन्दर्भमा दुबै पक्षलाई राखेर छलफल गराउन उपयुक्त देखिएको हुँदा त्यसका लागि पुस-१६ गतेको पेशी तोकी पेश गर्नू,’ पोखरेलले आदेशबारे भने। 

अन्तरिम आदेश जारी गर्नुपर्ने/नपर्ने विषयमा छलफल गर्न विपक्षी एनसेल, आजियाटा र नेपाल दूरसञ्चार प्राधिकरण आफैं वा कानून व्यवसायी वा महान्यायाधिवक्ता कार्यालयमार्फत इजलासमा हाजिर हुन समेत अदालतले आदेश दिएको छ। 

मलेसियन कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गर्दा कर छली गरेको भन्दै सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा परमादेश माग गर्दै रिट दायर गरेका थिए। उक्त रिट उपर आज सर्वोचले यस्तो आदेश जारी गरेको हो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...