News Portal

त्रिविको दीक्षान्त समारोहलाई गिनिज वर्ल्ड रेकर्डले अवलोकन गर्दैं

हिमालीसंचार संवाददाता
५३७ पटक

पौष-२,सोमबार/काठमाडौं – त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई गिनिज बुक अफ द वर्ल्डले अवलोकन गर्ने भएको छ । त्रिविले यती धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित  गिनिज बुकलाई रेकर्डका लागि अनुरोध गरेको थियो। सो कार्यक्रमको क्रममको लागि अवलोकन गर्न प्रतिनिधि टोली काठमाडौँ आएको हो ।

टोलीले आजको दीक्षान्त समारोहको अवलोकन गर्नेछ । त्यसपछि वर्ल्ड रेकर्डका लागि आवश्यक प्रक्रिया अघि बढाउने त्रिविले जनाएको छ । आजको दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जनाले अनलाइनमार्फत आवेदन भरेका थिए । गत वर्ष त्रिविबाट ७३ हजार बढी विद्यार्थी पास आउट भएका थिए ।

त्

त्यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । दीक्षान्त समारोहका लागि विद्यार्थी तथा उनीहरुका अभिभावक रंगशालामा पुग्ने क्रम शुरु भएसँगै ट्राफिक व्यवस्था अस्तव्यस्त भएको हो ।

त्रिपुरेश्वर तथा आसपासको क्षेत्रमा ट्राफिक चाप बढेपछि प्रहरीले कलंकी, कालिमाटी, तिनकुने तथा कोटेश्वरबाटै ठूला बसहरुलाई भित्र छिर्न दिएको छैन । जसले गर्दा यात्रुहरु मारमा परेका छन् ।

त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि दशरथ रंगशालामा हुने समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी भने साढे १२ हजार रहेको त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी गराएका छन् । विद्यार्थीका अभिभावकसहित समारोहमा करिब २८ हजार जना उपस्थित हुने अनुमान गरिएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...