News Portal

कुवेतका अमिर शेख नवाफको निधनमा सरकारले आज शोक मनाउने मन्त्रिपरिसद्को निर्णय

हिमालीसंचार संवाददाता
२२० पटक

पौष-२, सोमबार/काठमाडौं – नेपाल सरकारले कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सोमबार शोक मनाउने भएको छ। शेख नवाफको गत मंसिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको थियो।

उनको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै सोमबार शोक मनाउने गृहमन्त्रालयले जनाएको छ।

गृहले ‘कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने र स्वर्गीय अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको सम्मानमा मिति २०८० पौष-२ गते सोमबार शोक मनाउने तथा नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०८/०९/०१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...