News Portal

काठमाडौं र ललितपुरका स्थानमा आज पाँच घन्टा विद्युत् अवरूद्ध हुने

हिमालीसंचार संवाददाता
१९५ पटक

मंसिर-३०,शुक्रबार/काठमाडौं – आज काठमाडौं र ललिपुरका विभिन्न स्थानमा आज पाँच घन्टा विद्युत् अवरूद्ध नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंको महाराजगञ्ज वितरण केन्द्रको हेपली फिडर अन्तर्गत पर्ने हेपाली हाइट, देउराली जनता, कुवर कोलोनी, कृष्ण मन्दिर हुँदै ग्रीनल्याण्ड चोक, इशान हस्पिटल क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ।

ती क्षेत्रमा अन्डरग्राउन्ड प्रोजेक्टको काम हुने भएकाले आज बिहान साढे ८ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिए।

त्यस्तै, ललितपुरको पुल्चोक वितरण केन्द्रको रिङरोड फिडर अन्तर्गत पर्ने नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावर, आफल्डोल एरियामा पनि आज पाँच घन्टा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको 

फिडर सटडाउनमा राखी टेकु सबस्टेशन १३२ केभीमा स्तरोन्नती गरिने भएकाले ललितपुरका ती क्षेत्रमा आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती नआउने प्राधिकरणले जनाएको छ। समयअगावै काम सकिएको खण्डमा विद्युत् सेवा सुचारू हुने प्राधिकरणले जनाएको छ।

प्रतिकृया दिनुहोस्

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...