News Portal

काठमाडौं र ललितपुरका स्थानमा आज पाँच घन्टा विद्युत् अवरूद्ध हुने

हिमालीसंचार संवाददाता
२३३ पटक

मंसिर-३०,शुक्रबार/काठमाडौं – आज काठमाडौं र ललिपुरका विभिन्न स्थानमा आज पाँच घन्टा विद्युत् अवरूद्ध नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंको महाराजगञ्ज वितरण केन्द्रको हेपली फिडर अन्तर्गत पर्ने हेपाली हाइट, देउराली जनता, कुवर कोलोनी, कृष्ण मन्दिर हुँदै ग्रीनल्याण्ड चोक, इशान हस्पिटल क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ।

ती क्षेत्रमा अन्डरग्राउन्ड प्रोजेक्टको काम हुने भएकाले आज बिहान साढे ८ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिए।

त्यस्तै, ललितपुरको पुल्चोक वितरण केन्द्रको रिङरोड फिडर अन्तर्गत पर्ने नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावर, आफल्डोल एरियामा पनि आज पाँच घन्टा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको 

फिडर सटडाउनमा राखी टेकु सबस्टेशन १३२ केभीमा स्तरोन्नती गरिने भएकाले ललितपुरका ती क्षेत्रमा आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती नआउने प्राधिकरणले जनाएको छ। समयअगावै काम सकिएको खण्डमा विद्युत् सेवा सुचारू हुने प्राधिकरणले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...