News Portal

स्वास्थ्य मन्त्री बस्नेतले मोरङको रंगेली अस्पताल निरीक्षण गरे

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
३७१ पटक

मंसिर-२८, बिहिबार/मोरङ – मोरङको रंगेली अस्पतालमा बिहिबार  स्वास्थ्य तथा जनसंख्या मन्त्री  मोहन बस्नेतले निरीक्षण गरेका छन्।

उनले अस्पतालको ओपिडी, एमर्जन्सी, प्रसुति सेवा, बहिरंग सेवा तथा भर्ना भएका बिरामीहरुलाई  लगायतको निरीक्षण समेत गरेका थिए । मन्त्रीले निरीक्षणपछि मन्त्रीले भने अहिले संधियतामा गएपछि तीन तहको सरकारले अस्पताललाई सहयोग समेत गर्नुपर्ने र  नगरपालिकाले अस्पताललाई संचालन गर्ने निकै समस्या परेको समेत बताए । 

नेपाल सरकारको तलव स्केल भन्दा बढी सेवा सुबिधा दिने भनेता पनि डाक्टरहरु समेत नपाईने गरेको मन्त्री बस्नेतले बताए । १४ बर्षदेखि हालसम्म पनि नेपाल सरकारले डाक्टरहरुको दरवन्दी नबडाएको र अहिले नेपालमा ९२ हजार स्वास्थ्य क्षेत्रमा कर्मचारीको आवस्यक्ता भएता पनि ३१ हजार मात्रै जनशक्ति रहेको समेत बताएका मन्त्रीले आफू मन्त्री भएपछि लोक सेवामार्फत कार्मचारीहरु नियुक्त गर्ने समेत उनले बताए । 

नगरपालिकाले अस्पताल ब्यवस्थापन राम्रो गरेको र आफू मन्त्री रहेमा डाक्टरको दरवन्दि उपलब्ध समेत गराउने प्रतिवध्यता जनाएका गरेका छन । व्यवस्थापन समितिले अस्पतालमा अत्यावश्यक पर्ने ल्याव मेसिन, ओटी सेटप मेसिन र छात्रवृत्तिबाट छनौट भएको डाक्टर र एमडीजीपी डाक्टरको माग गर्दे अस्पालले ज्ञापनपत्र समेत बुझाएका छन । 

आयोजित कार्यक्रममा नेपाली कांग्रेसको मोदराज  घिमिरे, गोपालमान राज भण्डारी, रामनारायण मण्डल, जगर्नाथ मण्डल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवमणी कटुवाल, नगरपालिका कर्मचारी  लगायतको उपस्थित समेत रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...