News Portal

पूर्वमन्त्री किरातीसहित पाँच जनामाथि थप अनुसन्धान गर्न, पाँचैं दिन म्याद थप

हिमालीसंचार संवाददाता
२७२ पटक

मंसिर-२७, बुधबार/खोटाङ – पहिचानवादीहरुले पुर्वाञ्चलका विभिन्न स्थानहरुमा अनिश्चिकालका लागि सडक अवरुद्ध गरेको अभियोगमा मंगलबार पूर्वमन्त्री गोपाल किराती सहित पाँच जना पहिचानवादीहरुलाई पक्राउ गरिएको थियो। आज उनीहरुलाई पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गर्ने गरी म्याद थप गरेको छ।

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा अवरोध पुर्‍याएको आरोपमा हलेसीबाट पूर्वमन्त्री गोपाल किरातीलगायत पाँच जना पहिचानवादीहरुलाई प्रहरीले पक्राउ गरेका थिए। 

प्रहरीले उनीहरु विरुद्ध बिहीबार पाँच दिनको म्याद थप गरी थप अनुसन्धानका लागि प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार पक्राउ परेका पाँचै जनालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको बताए ।

पूर्वमन्त्री किराती, जनता समाजवादी पार्टी खोटाङका जिल्ल सदस्य राजेश राई, वाईसीएल नगर इन्चार्ज विजय राई, जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राई र नुनथलाबाट नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदीम चाम्लिङ विरुद्ध प्रहरीले म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...