News Portal

पूर्वमन्त्री किरातीसहित पाँच जनामाथि थप अनुसन्धान गर्न, पाँचैं दिन म्याद थप

हिमालीसंचार संवाददाता
२४९ पटक

मंसिर-२७, बुधबार/खोटाङ – पहिचानवादीहरुले पुर्वाञ्चलका विभिन्न स्थानहरुमा अनिश्चिकालका लागि सडक अवरुद्ध गरेको अभियोगमा मंगलबार पूर्वमन्त्री गोपाल किराती सहित पाँच जना पहिचानवादीहरुलाई पक्राउ गरिएको थियो। आज उनीहरुलाई पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गर्ने गरी म्याद थप गरेको छ।

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा अवरोध पुर्‍याएको आरोपमा हलेसीबाट पूर्वमन्त्री गोपाल किरातीलगायत पाँच जना पहिचानवादीहरुलाई प्रहरीले पक्राउ गरेका थिए। 

प्रहरीले उनीहरु विरुद्ध बिहीबार पाँच दिनको म्याद थप गरी थप अनुसन्धानका लागि प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार पक्राउ परेका पाँचै जनालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको बताए ।

पूर्वमन्त्री किराती, जनता समाजवादी पार्टी खोटाङका जिल्ल सदस्य राजेश राई, वाईसीएल नगर इन्चार्ज विजय राई, जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राई र नुनथलाबाट नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदीम चाम्लिङ विरुद्ध प्रहरीले म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको हो ।

प्रतिकृया दिनुहोस्

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...