News Portal

पूर्वाञ्चल झापाका पहिचानवादी आन्दोलनका संयोजक चौधरीलाई प्रहरीले पक्राउ गऱ्यो

हिमालीसंचार संवाददाता
३६७ पटक

मंसिर-२७,बुघबार/झापा– नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष तथा प्रदेश नं. १ पुन:नामाकंन समितिका संयोजक पाण्डवलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले फेसबुक पेजमा आफूलाई प्रहरीले बिना वारेन्ट घरबाटै गिरफ्तार गरेको उल्लेख गरेका छन् । प्रहरीले उनलाई मंगलबार राति अर्जुनधारा-६ स्थित निजको घरको गेट र ढोका फोरेर प्रहरीले घरबाट पक्राउ गरी बुधबार अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरेको आदिवासी जनजाति महासंघ झापाले जनाएको छ ।

‘एक नम्बर प्रदेश पुन:नामाकंन समिति’को आयोजनामा मंगलबार दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाउने कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा कालो झण्डासँगै मुख्यमन्त्री कार्की सवार गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको थियो । उक्त घटनापछि प्रहरीले चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाइएको छ ।

कोशी प्रदेश नामकरण गरेपछि पूर्वका पहिचानवादीहरुले आन्दोलनका कार्यक्रमहरु एकपछि अर्को गर्दै तीव्र पार्दै लगेपछि प्रशासनले चौधरीलाई केही दिनयता निगरानी गर्दै आएको थियो ।

प्रदेश नं. १ पुनःनामकरण संयुक्त समिति, झापाले बुधबार जिल्ला प्रशासन झापामा ज्ञापनपत्र बुझाउँदै चौधरीलाई २४ घन्टाभित्र छाड्न अल्टिमेटम दिएको छ। पहिचानवादी नेता दिपेनवाला राईले २४ घन्टाभित्र चौधरीलाई नछाडे थप संघर्षका कार्यक्रमहरु अघि बढाइने जनाए । 

उनले भने, ‘बिहीबारसम्म पनि प्रशासनले चौधरीलाई रिहाई गरेन भने आदिवासी जनजाति महासंघलगायतका संघ/संस्थाहरुसँग छलफल गरेर आन्दोलनको कार्यक्रम तय गरिने छ ।’ पूर्वका पहिचानवादी नेताहरु सेसेहाङ फ्याक, केवलराम राई, गौरीमान राई लगायतले सहायक प्रजिअ विश्वराज नेपाललाई ज्ञापनपत्र बुझाएका थिए।  

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...