News Portal

पूर्वाञ्चलको फिदिममा पहिचानवादीहरुले युवा दस्ता खडा गरी मार्च गरे

हिमालीसंचार संवाददाता
२९४ पटक

मंसिर-२७, पाँचथर – प्रदेश नं. १ संघर्ष समितिले पहिचानका लागि युवा दस्ता सार्वजनिक गर्दै बुधबार पाँचथरको सदरमुकाम फिदिममा आयोजित एक कार्यक्रममा पहिचानवादीहरुले मार्चपाससहित १ हजार १ सय ११ जनाको सदस्यीय युवा दस्ता सार्वजनिक गरिएको हो ।

युवा दस्ताले लाठी र मुंग्रोसहित फिदिम बजार परिक्रमासँगै मार्चपास गरेको थियो। पहिचान पक्षधरहरुले आन्दोलनको मर्म र भावनाविपरीत साविकको प्रदेश नं. १ ‘कोशी’ नामकरण गरिएको भन्दै आन्दोलन गरेका हुन्। 

आन्दोलनलाई प्रभावकारी रुपमा अघि बढाउन युवा दस्ता घोषणा गरिएको प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक सुवाष तुम्बापोले हिमालीसंचारडटकमसंग बताए । उनका अनुसार यसअघि मोरङ, सुनसरी, तेह्रथुम, उदयपुर र ताप्लेजुङ जिल्लामा युवा दस्ता घोषणा भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...