News Portal

केशव स्थापितको मन्त्री पद धरापमा, मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोप !

हिमालीसंचार संवाददाता
६७९ पटक

काठमाडौं , १५ कात्तिक : प्रदेश ३ सरकारका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई हटाउने प्रक्रिया शुरु भएको छ । मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोपमा स्थापितलाई हटाउन लागिएको स्रोतले जनाएको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकमा पनि स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र ढंगले प्रस्तुत भएको एक मन्त्रीले बताए । पटक–पटक अभद्र ढंगले प्रस्तुत हुने र सार्वजनिक ढंगले मुख्यमन्त्रीको अपमान गरेपछि उनलाई हटाउने अनुमतिका लागि नेकपा नेतृत्वसँग छलफल चलेको स्रोतले जनाएको छ ।

स्थापितलाई हटाउने प्रयोजनकै लागि मुख्यमन्त्री पौडेल र अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौं आउँदैछन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेतृत्वसँग यसबारेमा छलफल गरिने स्रोतले जनाएको छ । मुख्यमन्त्री पौडेलले स्थापितसँग काम गर्न नसकिने जानकारी गराएका छन् ।

एक मन्त्रीले भने, ‘मुख्यमन्त्री भनेको नेता हो, उनको नेतृत्व मानेर सरकारमा गइसकेपछि मिलेर काम गर्नुपर्छ । असहमति हो भने राजीनामा दिनुपर्छ । तर, स्थापितको शैली असन्तुलित र असामान्य देखियो । उनी अभद्र ढंगले प्रस्तुत भएपछि टेबुल ठोकाठोक समेत भयो । यसरी काम गर्न सकिन्न ।’

पार्टी अध्यक्षलाई भेटेर कि हटाउने अनुमति दिन कि त आत्मालोचनासहित काम गर्ने प्रतिबद्धता जनाउन आग्रह गरिने स्रोतले जनाएको छ । मी टू अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारीबाट आरोप खेपिरहेका स्थापितले मन्त्रिपरिषद् बैठकमै अभद्र व्यवहार गरेपछि उनको पद संकटमा परेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयको काम केही नभएको र १७ करोड बजेट भएको मन्त्रालयको प्रगति नदेखिएको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ । पटक–पटक सम्झाउँदा पनि स्थापित नसुध्रिएपछि उनलाई हटाउन लागिएको स्रोतको दाबी छ ।

संविधान अनुसार मुख्यमन्त्रीले मन्त्री हटाउन सक्छन्, तर पार्टी नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय लिन लागिएको पौडेलनिकट स्रोतले बतायो ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...