News Portal

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीमाथि ढुंगा प्रहार, ‘ढुंगा हान्दैमा पहिचानवादी भइँदैन’ मुख्यमन्त्री कार्की

हिमालीसंचार संवाददाता/अविन माबो
२६४ पटक

मंसिर-२७, बुधबार/झापा – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै पहिचानवादीहरुलाई आफ्नो मागलाई शान्तिपूर्ण ढंगले राख्न सुझाव दिएका छन् ।

दमक नगरपालिकाले आयोजना गरेको लागुऔषधको नियन्त्रण, रोकथाम सचेतना र उपचार अभियान कार्यक्रमको शुभारम्भ सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पहिचानका लागि भइरहेको आन्दोलन हिंसात्मक हुँदै गएकाले अब हिंसाबाट आफ्ना माग पूरा गर्ने भ्रम त्याग्नुपर्ने समेत बताए ।

पहिचानवादीको नाममा हुँदै आएका गतिविधि सरकारले गम्भीर रुपमा लिँदै आएको बताउँदै उनले पहिचानका नाममा हिंसा, अस्थिरता निम्त्याउने कार्य भए त्यस्ता कार्य कानून अनुसार नियन्त्रण गर्न सरकार बाध्य हुने समेत धुमाउरो तरिकाले चेतावनी समेत दिए। 

पहिचानवादीले कुनै व्यक्ति लक्षित आक्रमण गर्ने कार्य ठीक नभएको उनले आफ्नो धारणा राखेका थियो । उनले किरात सभ्यता र संस्कृति देशकै साझा गहना मात्र नभएर देशकैं सम्पत्ति भएकाले यस्ता सम्पत्तिको संरक्षण र सम्वर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध भएको बताए ।

आयोजित कार्यक्रममा थप भने; म मुख्यमन्त्री भएपछि राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको नाममा यो प्रदेशभित्रका विभिन्न जातजाति, भाषाभाषी, संस्कार र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नका लागि फाल्गुनन्द भाषा संस्कृति संरक्षण प्रतिष्ठान गठन गर्न बजेट छुट्याएको बताउँदै अब चाँडै नै प्रदेश तहमा सरोकारवाला सम्मिलित समिति गठन गरी द्रुत गतिमा काम थाल्ने समेत बताए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...