News Portal

पूर्वमन्त्री गोपाल किराती लगायतका पहिचानबादी योद्धाहरुलाई तुरुन्त रिहाईको माग

हिमालीसंचार संवाददाता
२८९ पटक

काठमाडौं – प्रदेस न .१ मा जबर्जस्ति लादिएको कथित कोशी नाम खारेजीको लागि संयुक्त संघर्ष समितिले शान्तिपूर्ण एवम् सशक्त आन्दोलन गर्दै आएका पहिचानवादीहरुलाई पक्राउ गरिएका योद्धाहरुलाई तुरुन्त रिहाईको माग गरेका छन्।

पहिचानवादीहरुले आफ्नो माग सम्बोधन गर्नु साटो पहिचानको खिल्ली उडाउनको लागि केहि अवान्छित तत्वहरुले यस क्षेत्रमा गतिबिधि बढाएपछि पहिचान रक्षाको लागि संयुक्त संघर्ष समितिले यहि मंसिर २६ र २७ गते घुर्मीदेखि लेगुवा घाटसम्मको मध्य पहाडी लोकमार्ग शान्तिपूर्ण बन्द आव्हान गरेको हो | 

शान्तिपूर्ण बन्दलाई सफल बनाउने क्रममा हाम्रा सहयोद्धा नेताहरुलाई प्रशासनले पक्राउ गरेको छ | उक्त कायरतापूर्ण पक्राउको घोर भर्त्सना गर्दै हाम्रा नेताहरुको तत्काल बिनासर्त रिहाईको माग गर्दछौ। हाम्रा नेताहरुलाई तत्काल रिहाई नगरिएमा प्रदेस न .१ अनिश्चितकालिन बन्दमा जान बाध्य चेतीवनी समेत दिएका छन्। 

आज खोटाङबाट पूर्वमन्त्री गोपाल किराती, जसपा नेता राजेस राई, हलेसी तुवाचुङ युवा सह संयोजक गन्धमान राई, विजय राई, हलेसी तुवाचुङ युवा सह संयोजक उदिम राईलाई खाङको नुन्थलाबाट पक्राउ गरिएको संघर्ष समितिले जनाएको छ। 

त्यस्तै, भोजपुरबाट बिदुर राई, किराया भोजपुर जिल्ला अध्यक्ष मीना राई, जसपा प्रदेस सदस्य दिनेश राई, जसपा जिल्ला सदस्य तथा युवा इन्चार्ज पनन राई लगायतका योद्धाहरुलाई प्रशासनले पक्राउ गरेको संघर्ष समितिद्वारा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...