News Portal

पूर्वमन्त्री गोपाल किराती लगायतका पहिचानबादी योद्धाहरुलाई तुरुन्त रिहाईको माग

हिमालीसंचार संवाददाता
२६१ पटक

काठमाडौं – प्रदेस न .१ मा जबर्जस्ति लादिएको कथित कोशी नाम खारेजीको लागि संयुक्त संघर्ष समितिले शान्तिपूर्ण एवम् सशक्त आन्दोलन गर्दै आएका पहिचानवादीहरुलाई पक्राउ गरिएका योद्धाहरुलाई तुरुन्त रिहाईको माग गरेका छन्।

पहिचानवादीहरुले आफ्नो माग सम्बोधन गर्नु साटो पहिचानको खिल्ली उडाउनको लागि केहि अवान्छित तत्वहरुले यस क्षेत्रमा गतिबिधि बढाएपछि पहिचान रक्षाको लागि संयुक्त संघर्ष समितिले यहि मंसिर २६ र २७ गते घुर्मीदेखि लेगुवा घाटसम्मको मध्य पहाडी लोकमार्ग शान्तिपूर्ण बन्द आव्हान गरेको हो | 

शान्तिपूर्ण बन्दलाई सफल बनाउने क्रममा हाम्रा सहयोद्धा नेताहरुलाई प्रशासनले पक्राउ गरेको छ | उक्त कायरतापूर्ण पक्राउको घोर भर्त्सना गर्दै हाम्रा नेताहरुको तत्काल बिनासर्त रिहाईको माग गर्दछौ। हाम्रा नेताहरुलाई तत्काल रिहाई नगरिएमा प्रदेस न .१ अनिश्चितकालिन बन्दमा जान बाध्य चेतीवनी समेत दिएका छन्। 

आज खोटाङबाट पूर्वमन्त्री गोपाल किराती, जसपा नेता राजेस राई, हलेसी तुवाचुङ युवा सह संयोजक गन्धमान राई, विजय राई, हलेसी तुवाचुङ युवा सह संयोजक उदिम राईलाई खाङको नुन्थलाबाट पक्राउ गरिएको संघर्ष समितिले जनाएको छ। 

त्यस्तै, भोजपुरबाट बिदुर राई, किराया भोजपुर जिल्ला अध्यक्ष मीना राई, जसपा प्रदेस सदस्य दिनेश राई, जसपा जिल्ला सदस्य तथा युवा इन्चार्ज पनन राई लगायतका योद्धाहरुलाई प्रशासनले पक्राउ गरेको संघर्ष समितिद्वारा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...