News Portal

पूर्वमन्त्री गोपाल किरातीसहित पहिचानवादीहरु प्रहरी नियन्त्रणमा लियो, विनासर्त रिहाईको माग

हिमालीसंचार संवाददाता
२४० पटक

खोटाङ – खोटाङमा प्रहरीले पूर्वमन्त्रीसहित पाँचजना पहिचानवादी पक्षधर नेताहरुलाई नियन्त्रणमा लिएको छ। नेकपा एमालेको संकल्प यात्रालाई प्रतिरोध गर्न उत्रेका पूर्व संस्कृति मन्त्री गोपाल किराती, राजेश राई, गन्धमान राई, विजय राई हलेसीबाट नियन्त्रणमा लिएको हो।

नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदिम चाम्लिङ राईलाई नुनथलाबाट प्रहरीले नियन्त्रणमा लिएको समेत पहिचानवादीहरुले बताएको छ। उनीहरुलाई विनासर्त रिहाईको माग समेत गरिएको छ। 

प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले एमालेको संकल्प यात्रालाई अवरोध गर्न मंगलबारबाट उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म अनिश्चितकालिन यातायात बन्द घोषणा गरेका हुन् ।

बन्दका कारण खोटाङबाट छुट्ने लामो तथा छोटो दुरीका यातायात ठप्प रहेको छ। बन्दकर्ताहरुले ठाउँ–ठाउँमा टायर बालेका थिए। नुनथला, नाँगी, कदुवा र छापडाँडामा रुख ढालेर सडक अवरोध गरेका थिए। रुखलाई प्रहरीले जेसिभीको लगीएर पन्छाएका थिए। खोटाङबाट एमाले नेताहरु चढेको गाडी प्रहरी स्कटिङमा हर्कपुर पुऱ्याएको बताईएको छ।

नेकपा एमालेको ‘झुलाघाट चिवाभन्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा नेकपा एमाले अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज ओखलढुंगाको हर्कपुर आउने भएपछि पहिचानबादीहरुले अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका हुन्। 

नेकपा एमालेको संकल्प यात्रा आजबाट कोशी प्रदेशमा प्रवेश गर्ने कार्यक्रम रहेको थियो। हर्कपुरको सभालाई सम्बोधन गरेर ओली खोटाङ आएर एक रात बसेर भोजपुर तर्फ जाने कार्यक्रम रहेको छ। 

एमाले अध्यक्ष ओलीले पहिचानको आन्दोलन विरुद्ध विष वमन गरेकाले हर्कपुर आउनमा अवरोध गर्ने र खोटाङ छिर्न नदिने गत मंसिर २१ गते दिक्तेलमा पत्रकार सम्मलेनमार्फत पहिचानवादी पक्षधरहरुले जानकारी दिएका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...