News Portal

पहिचानवादीले निकाले भव्य मसाल जुलुस, भोलीदेखि घुर्मी लेगुवा सडक अनिश्चितकालीन बन्द

हिमालीसंचार संवाददाता
२९३ पटक

खोटाङ –  कोशी नाम खारेजीको विरोध गर्दै आज साँझ खोटाङको हलेसी, भोजपुर सदरमुकाम र तेह्रथुमको जिरिखिम्ति लगायतका स्थानहरुमा पहिचानवादी संयुक्त संघर्ष समितिले भव्य मशाल जुलुस प्रदर्शन गर्दै मध्ये पहाडी लोकमार्गको घुर्मी लेगुवा सडक खण्ड अनिश्चितकालीन बन्द गरेका छन्।

कोशी नाममा हस्ताक्षर गर्ने ८२ प्रदेश सांसद र राई, लिम्बूलाई सामुदायगत रुपमा आतंककारी, अपराधि भन्ने, नेपालको पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वमन्त्री योगेश भट्टराई, महेश बस्नेत विरुद्ध समेत प्रदर्शन गरिएको पहिचानको लागि युवाको केन्द्रीय संयोजक भीम राईले बताए । 

भोली मंसिर २६ गते एमालेको झुलाघाट चिवाभञ्याङ यात्रा १ नं. प्रदेश प्रवेश गर्दै छ। यो यात्रामा राई, लिम्बु लगायतलाई साम्प्रदायिक रुपमा गालि गर्ने, एक आपसमा भिडाउन खोजेको भन्दै तीन जनाले आत्मा आलोचना गर्न र ८२ जना संसद मध्येको सांसद अभियानमा कोशी नाम खारेजी नभएसम्म यो प्रदेशमा नहिडाउन संयुक्त संघर्ष समितिले आग्रह समेत गरेका छन् । 

तीन भाईले आत्म आलोचना गरे वा यो यात्र प्रदेशमा आइपुग्दा नहिडाउने प्रतिबद्धता भए कुनै अवरोध नहुने संयुक्त संघर्ष समितिको संकेत गरेका छन् । पहिचानको आन्दोलन एमाले लगायतको पार्टी विरुद्ध नभएको कारण तीन भाई र प्रदेश सांसद नआए अवरोध नहुने भनेपनि एमालेबाट कुनै प्रतिकृया नआएपछि भोली मंसीर २६ गतेदेखि अनिश्चितकालीन सडक बन्दको घोषणा गरेका हुन् । 

पहिचानवादी संयुक्त संघर्ष समितिले मंसिर १९ गते कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्की, कांग्रेस पार्टीका संसदीय दलका नेता उद्धप थापालाई ओखलढुङ्गा जिल्ला सदरमुकाममा कालो झण्डा प्रदर्शन गरिएको थियो । माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङ्बोलाई तेह्रथुममा आक्रमण गर्दा उनी चढेको सवारी साधन क्षति भएको थियो । 

प्रदेशको नाम कोशी खारेजी र पहिचानको आधारमा नाम राख्न एमालेबाट तत्कालीन मुख्यमन्त्री भएका हिक्मत कार्कीको मुख्य पहल भएको थियो । एमाले, कांग्रेस, माओवादी केन्द्र सबै दल मिलेर कोशी नाम राखिएपनि पहिचानको आन्दोलन शसक्त हुँदै गएपछि माओवादी केन्द्र र कांग्रेस पार्टीले कोशी नाम राखेर गल्ति भएको भन्दै वातावरण बने प्रदेशको पुन: नामकरणको लागि तयार भएको वक्तव्य दिएको छ । 

प्रदेशको पहिलो पार्टी एमालेका अध्यक्ष केपी ओली, योगेश भट्टराई, महेश बस्नेत भने प्रदेश १ मा एमाले राई र पहिचानवादी राई, एमाले लिम्बु र पहिचानवादी लिम्बु एक आपसमा भिडाउन प्रयास भई रहेको छ । पूर्वप्रधानमन्त्री तथा स्थापित पार्टीको नेता भएर समस्या समाधान प्रयास गर्नुपर्नेमा केपी शर्मा ओली आन्दोलनरत शक्तिलाई उल्टै गालि गलैज गर्दै आक्रोशित बनाउने र साम्प्रदायिक हिंसा गराउन उद्धत रहेको संयुक्त संघर्ष समितिको बुझाई छ । 

कोशी नाम खारेजी आन्दोलन हिमाल, पहाड, तराईको गाउँ-गाउँमा शसक्त बन्दै गएको छ । समस्या समाधान नभएसम्म तीन भाईको साटो अन्य नेताहरु आए कुनै स्थानमा अवरोध नहुने संघर्ष समितिले पटक पटक भनेपनि ओली निहुँ खोज्न कै लागि हिड्ने गरेको यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताए । 

केपी ओली, योगेश भट्टराई, महेश बस्नेत र ८२ जना मध्येको प्रदेश सांसद यात्रामा नहिडाउने प्रतिबद्धता भए आफूहरु एमालेको यात्रालाई स्वागत गर्न तयार रहेको किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले बताउदै आएका छन् । 

केपी ओलीले जानि जानि भिडाउने प्रयास भए जनताले डटेर प्रतिरोध गर्ने पहिचान सहितको प्रदेश नं. १ पुन: नामाङ्कन अभियान समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए । थेगिमले सचेत एमाले कार्यकर्ताहरु पहिचानवादी विरुद्ध नभएर ओलीलाई पहिचानको आधारमा नाम राख्दा एमालेलाई के घाटा हुन्छ भनेर सोध्नु पर्ने बताएका छन् । 

आन्दोलनमा ४२ बर्षीय युवा पदम लिम्बु (लाजेहाङ)को मृत्यु भइसकेको छ भने गजेन्द्र फागोको घुट्टामा गोली लागेर उपचारत छन् । पहिचानवादी योद्धाहरु १५० बढी घाइते भएका छन भने २५ जना बढीलाई झुट्टा मुद्धा लगाइएको र इलाममा आशिस लिम्बु थुनामै रहेको संघर्ष समितिको अभिलेख छ । 

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...