News Portal

न्यूरो अस्पतालले मृत घोषणा गरी घाट लैजान लागेका एक व्यक्ति जीवितै

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
५०७ पटक

सोमबार, मंसिर २७/मोरङ  – विराटनगर स्थित मेट्रो न्यूरो अस्पतालले मृत घोषणा गरी मृत्यु प्रमाण पत्र बनाएर १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका इनरुवा नगरपालिका-३ का ४५ वर्षीय प्रताप सदा मुसहर शबदाह घाट लैजान लाग्दा उनी जीवित रहेको पाईएको छ। 

उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय  बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका मुसहर गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । विराटनगर स्थित मेट्रो न्युरो अस्पताल भर्ना गरिएका मुसहरका उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो। 

अस्पतालले मृतघोषणा गरेपछि अन्तिम दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै अन्तिम तयार गरी मलामीसमेत जुटेर दाह संस्कारका लागि घाट लैजान लाग्दा उनी जीवित पाइएको थियो । 

उनको अन्तिम संस्कारका लागि सबै आफन्त छरछिमेक भेला भई स्थानीय सुनसरी खोलामा दाहसंस्कारका लागि लैजान लाग्दा केही व्यक्तिले उनी जीवित रहेको जस्तो देखेपछि उनलाई पानी र दूध खुवाएको स्थानीयले बताए । त्यसपछि उनके स्वास्थ्य सुधार हुँदै सामान्य उन्मुख भएपछि उनलाई घर लगिएको स्थानीय समाजसेवी कटुवीलले बताए। यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...