News Portal

न्यूरो अस्पतालले मृत घोषणा गरी घाट लैजान लागेका एक व्यक्ति जीवितै

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
५१९ पटक

सोमबार, मंसिर २७/मोरङ  – विराटनगर स्थित मेट्रो न्यूरो अस्पतालले मृत घोषणा गरी मृत्यु प्रमाण पत्र बनाएर १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका इनरुवा नगरपालिका-३ का ४५ वर्षीय प्रताप सदा मुसहर शबदाह घाट लैजान लाग्दा उनी जीवित रहेको पाईएको छ। 

उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय  बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका मुसहर गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । विराटनगर स्थित मेट्रो न्युरो अस्पताल भर्ना गरिएका मुसहरका उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो। 

अस्पतालले मृतघोषणा गरेपछि अन्तिम दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै अन्तिम तयार गरी मलामीसमेत जुटेर दाह संस्कारका लागि घाट लैजान लाग्दा उनी जीवित पाइएको थियो । 

उनको अन्तिम संस्कारका लागि सबै आफन्त छरछिमेक भेला भई स्थानीय सुनसरी खोलामा दाहसंस्कारका लागि लैजान लाग्दा केही व्यक्तिले उनी जीवित रहेको जस्तो देखेपछि उनलाई पानी र दूध खुवाएको स्थानीयले बताए । त्यसपछि उनके स्वास्थ्य सुधार हुँदै सामान्य उन्मुख भएपछि उनलाई घर लगिएको स्थानीय समाजसेवी कटुवीलले बताए। यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...