News Portal

  • बिहान छिटो उठ्दा स्वास्थ्यमा हुन्छ यस्तो महत्वपूर्ण फाइदा

    हिमालीसंचार संवाददाता
    ३४९ पटक

    तपाईं बिहान कतिबजे उठ्नुहुन्छ ? ४ बजे, ५ बजे वा ७–८ बजे ? यो समय आ–आफ्नै हुन्छ। कहिले सुत्ने र कहिले उठ्ने त्यो कुनै खास निमय त छैन। तर, मानिसको जीवनमा सुत्ने र उठ्ने दिनचर्या खराब हुँदा समस्याहरू पनि पैदा हुन्छ।

    हामी सुत्ने र उठ्ने समय निमल्दा मानसिक रोग, मोटोपना, आलस्यता र हृदयघातसम्बन्धि समस्या हुनसक्छ। यसबाट बच्नका लागि समयमै सुत्नुपर्ने र समयमै उठ्नु पर्ने चिकित्सक सुझाउँछन्।

    निन्द्राको कमी, व्यायामको अभाव, सधैं घरभित्र रहनु, धेरै समय अँध्यारोमा बिताउनाले मानसिक रोग देखिन सक्छ। आज हामीले बिहान छिट्दै उठ्दा स्वास्थ्यमा कस्तो फाइदा हुन्छ ? जानकारी गराउँदै छौँ।

    – बिहान छिटो उठ्दा तपाईंले सबैभन्दा शुद्ध हावा पाउनुहुन्छ जसले तपाईंको फोक्सो मुटुलाई स्वास्थ्य रहनबाट सहयोग गर्छ। शुद्ध अक्सिजन शरीरलाई स्वास्थ्य राख्नका लागि अति आवश्यक हुन्छ।

    – जो मान्छे बिहान छिटो उठेर व्यायाम गर्छ उनीहरुलाई हृदयघात रोगको सम्भावना निकै कम जोखिम हुन्छ।

    – बिहान छिटो उठ्नाले डिप्रेशनको समस्या हुनबाट बचाउँछ। सम्पूर्ण दिन ताजा महसुस हुन्छ।

    – ब्लडप्रेसरको समस्या निम्तिदैन वा कम हुन्छ।

    • यदि तपाईं बिहान उठेर पढ्नुहुन्छ हुन्छ भने बिहानको पढाइले तपाईंलाई धेरै चिज छिटो याद लिन सहयोग गर्छ।
    • बिहानको समयमा तपाईंले पढाइलाई सक्नुभयो भने अन्य आफ्ना रुचिका विषयलाई पनि समय दिन सक्नुहुन्छ।

    (मुटुरोग विशेषज्ञ प्रेमराज वैद्यसँग बिएल नेपाली सेवाकर्मी मिनु गोलेले गरेको कुराकानीको आधारमा तयार पारिएको सामग्री)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...

    एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

    काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि...

    वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई...

    हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री...