News Portal

मोरङको रंगेली क्षेत्रमा जाडो मौसमसंगै शुरु भयो भक्का व्यापार

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल - मोरङ
२१६ पटक

मंसिर २४, आईतवार/मोरङ – जाडो याम सुरु भएसंगै  तराई क्षेत्रमा बसोबास गर्ने अति बिपन्न घरपरिवारका महिलाहरु भक्काको व्यवसायबाट मनग्ये आम्दानी गरिरहेका छन । 

मंसिर महिनादेखि सुरु हुने भक्का व्यापार माघ महिनासम्म चल्छ। बिहानै ५ बजेदेखि रंगेली बजारको बसपार्क, मुख्य बजार क्षेत्र, अस्पताल चोक, तेत्री टोल, पिपल चोक, शुक्रबारे, इलाका प्रशान चोक   लगायतका स्थानहरुमा स्थानीय महिलाहरुले भक्का ब्यापार गर्ने गरेका छन । 

उनीहरुले चामललाई दिन भरी भिजाएर साँझको समयमा ओखली वा ढिक्किमा पिसेर पिठो तयारी बनाउने गर्देछन। उक्त पिठोलाई एउटा भाडामा पानी उमालेर पानीको भाफमा पिठोलाई बटुकामा हालेर पानीको बाफमा पकाउने गर्देछन । 

भक्का तयारी पारेर उनीहरुले प्रतिगोटा १० रुपैयाँ र आलुचप प्रतिगोटा ५ रुपैयाँसम्म बिक्रीवितरण गरिरहेका छन । महिला व्यापारीहरु अहिले बिहानै ५ बजेदेखि १० बजेसम्म करिब १० किलोग्रामसम्मको पिठोको भक्का बेच्ने गरेका छन । 

यस क्षेत्रका बालबालिकादेखि बृद्ध तथा युवाहरु समेत भक्का धेरै रुचाउने गर्देछन् । उनीहरुले भक्कालाई  बिहानको खाजाको रुपमा खाने गरेका छन । रंगेलीका स्थानीय ४५ बर्षिया हिरादेवि मण्डलले  दैनिकी ८ सयदेखि एक हजार रुपैयाँसम्म भक्का र आलुचप बिक्री गर्ने गरेकी सुनाउछिन्। 

बिहानको समयमा भक्कालाई नास्ताको रुपमा सर्वसाधरणहरुले अत्याधिक रुपमा मन मनपराउने गरेको स्थानीय हरियादेवि साहले समेत बताईन्। अहिले भक्का संगसंगै आलुचपको राम्रो बिक्री वितरण हुने गरेको समेत स्थानीय व्यापारीहरुले बताए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...