News Portal

मोरङको रंगेली क्षेत्रमा जाडो मौसमसंगै शुरु भयो भक्का व्यापार

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल - मोरङ
२४३ पटक

मंसिर २४, आईतवार/मोरङ – जाडो याम सुरु भएसंगै  तराई क्षेत्रमा बसोबास गर्ने अति बिपन्न घरपरिवारका महिलाहरु भक्काको व्यवसायबाट मनग्ये आम्दानी गरिरहेका छन । 

मंसिर महिनादेखि सुरु हुने भक्का व्यापार माघ महिनासम्म चल्छ। बिहानै ५ बजेदेखि रंगेली बजारको बसपार्क, मुख्य बजार क्षेत्र, अस्पताल चोक, तेत्री टोल, पिपल चोक, शुक्रबारे, इलाका प्रशान चोक   लगायतका स्थानहरुमा स्थानीय महिलाहरुले भक्का ब्यापार गर्ने गरेका छन । 

उनीहरुले चामललाई दिन भरी भिजाएर साँझको समयमा ओखली वा ढिक्किमा पिसेर पिठो तयारी बनाउने गर्देछन। उक्त पिठोलाई एउटा भाडामा पानी उमालेर पानीको भाफमा पिठोलाई बटुकामा हालेर पानीको बाफमा पकाउने गर्देछन । 

भक्का तयारी पारेर उनीहरुले प्रतिगोटा १० रुपैयाँ र आलुचप प्रतिगोटा ५ रुपैयाँसम्म बिक्रीवितरण गरिरहेका छन । महिला व्यापारीहरु अहिले बिहानै ५ बजेदेखि १० बजेसम्म करिब १० किलोग्रामसम्मको पिठोको भक्का बेच्ने गरेका छन । 

यस क्षेत्रका बालबालिकादेखि बृद्ध तथा युवाहरु समेत भक्का धेरै रुचाउने गर्देछन् । उनीहरुले भक्कालाई  बिहानको खाजाको रुपमा खाने गरेका छन । रंगेलीका स्थानीय ४५ बर्षिया हिरादेवि मण्डलले  दैनिकी ८ सयदेखि एक हजार रुपैयाँसम्म भक्का र आलुचप बिक्री गर्ने गरेकी सुनाउछिन्। 

बिहानको समयमा भक्कालाई नास्ताको रुपमा सर्वसाधरणहरुले अत्याधिक रुपमा मन मनपराउने गरेको स्थानीय हरियादेवि साहले समेत बताईन्। अहिले भक्का संगसंगै आलुचपको राम्रो बिक्री वितरण हुने गरेको समेत स्थानीय व्यापारीहरुले बताए। 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...