धरान – सुनसरीको रामधुनी नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष केशव गौतम एक महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा धरानको शुभकामना होटलबाट आपतिजनक अबस्थामा रंगेहात पक्राउ परेका छन् ।
शनिवार दिउँसो धरान-१२ स्थित शुभकामना होटलबाट वडाध्यक्ष गौतमलाई प्रहरीले रंगेहात पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएस्पी नवराज मल्लले पुष्टि गरे ।
वडाध्यक्ष गौतमसँग अनैतिक सम्बन्ध राख्ने महिलाका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरीले दिउसो करिब ३ बजे दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीका सदस्यसमेत रहेका वडाध्यक्ष गौतम २०७९ सालको स्थानीय तह निर्वाचनमा वडाअध्यक्ष निर्वाचित भएका हुन्। त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत उनी वडाअध्यक्ष निर्वाचित भए। उनको यो दोस्रो कार्यकाल हो ।
वडाध्यक्ष गौतम प्रहरी हिरासतमा रहेका छन्। प्रहरीले दुवै जनालाई आपतिजनक अबस्थामा भेटिएका वडाध्यक्ष गौतमलाई छोड्न प्रहरीलाई सभासददेखि माथिल्लो तहबाट टेलिफोन आइरहेको स्रोतले बताएको छ।
आज रामधुनीका मेयर शङ्करलाल चौधरी, उपमेयर तारा थापा, प्रदेश सांसद रमेश बस्नेत, एमाले नेता जयकुमार राई र हर्कजंग एभेङ समेतको टोली इलाका प्रहरी कार्यालय पुगेका थिए।