News Portal

धरान उपमहानगरपालिका वडा नं. १५ वडा कार्यालयको बोर्डबाट पहिचानवादीहरुले कोशी शब्द हटाए

खोटाङको “हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ वडा कार्यालयमा समेत मेटे”

हिमालीसंचार संवाददाता
२७८ पटक

धरान – धरान उपमहानगरपालिका धरान-१५ स्थित वडा कार्यालयको बोर्डमा कोशी लेखिएको बोर्डमा पहिचानवादीहरुले कालो रंग स्प्रे लगाएर वडा कार्यालयको वोर्डमा लेखिएको “कोशी” शब्द हटाएका छन्। 

त्यस्तै, वडा कार्यालय नजिकै रहेको आधारभुत स्वास्थ्य केन्द्रको बोर्डमा पनि कालो रंग स्प्रे लगाएर कोशी शब्द मेटेका छन् । तत्कालिन प्रदेश सभाले प्रदेश नं. १ प्रदेशको नाम कोशी प्रदेश नामकरण गरेपछि पूर्वका पहिचानवादीहरुले संयुक्त संघर्ष समिति गठन गर्दै आन्दोलन गरी रहेका छन्।

पहिचानवादीहरुले प्रदेशभरिका सरकारी तथा अन्य कार्यालयहरुबाट कोशी लेखिएको ब्यानर, बोर्ड, स्टाम्पल, कागजातलगायत मेटाउने, च्यात्ने आन्दोलन जारी राखेका छन् ।

त्यस्तै, खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ वडा कार्यालय महादेवस्थानमा समेत आज नै पहिचानवादीहरुले कोशी शब्द मेटाई दिएका छन्। पछिल्लो समय पहिचानवादीहरुले उदयपुरको घुर्मीबाट आफ्नो पहिचान स्थापित गर्न संघर्षका कार्यक्रमहरु बृहत रुपमा पहिचानको आधारमा प्रदेशको पुन: नामकरण गर्न माग गर्दै आगामी मंसिर २६ गतेदेखि मध्य पहाडी मार्ग “धुर्मी-लेगुवा सडक अनिश्चितकालका लागि बन्द” आह्वान समेत गरेका छन्। 

 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...