News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मोरङमा जंगली हात्तीबाट सर्वसाधरणलाई ज्यान जोगाउन रातभर जाग्राम, हात्ती धपाउन सुरक्षाकर्मी परिचालित

    हिमालीसंचार संवाददाता
    २८९ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको भाउन्ने स्थित साझ पखदेखि जंगली हात्तीका बथानदेखि स्थानीय भाउन्नेका सर्वसाधरणहरुलाई आफ्नो ज्यान जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन्।

    जंगली हात्तीहरु दिनभरि नजिकै रहेको जंगलमा बस्ने साझपख आहाराको खोजिमा नजिकको मानव बस्तिहरुमा छिर्ने करिब तीन दर्जन जंगली हात्तिहरुले स्थानीय आक्रान्त बन्नु परेको छ। 

    मोरङको बेलबारी नगरपालिका-१० स्थित भाउन्ने मानव बस्तिहरुमा जंगली हात्तिको यस्तो व्यवहारले स्थानीयको बालीनाली खाएर सोत्तर बनाई दिएको छ। स्थानीयको बालीनाली त सोत्तर नै बनायो। तर, स्थानीयहरुले राति सुत्न पाएका छैनन्।

    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले त्यस क्षेत्रमा जंगली हात्तीको यस्तो आतंक न्युनिकरण गर्न मानव बस्तिमा आएका जंगली हात्तीलाई जंगलतर्फ लखेट्न सुरक्षा निकायालाई निर्देशन दिएका छन्। 

    त्यस्तै, जंगली हात्तीले क्षति पुऱ्याएका स्थानीयहरुलाई उचित क्षतिपूर्ति दिने समेत मुख्यमन्त्री कार्कीले आश्वसन दिएका छन्। विशेष गरेर बेलबारी वडा नं. ८ र १० स्थित स्थानीयको मकै र केरा खेतीमा जंगली हात्तीले ठुलो क्षति पुऱ्याएको बेलबारी वडा नं. १० की वडाध्यक्ष गंगाबहादुर याक्खाले जानकारी दिए। 

    त्यस्तै, केही दिनदेखि दैनिक रुपमा राति जंगली हात्ती लखेट्न सशस्त्र प्रहरी, जनपद प्रहरी र नगर प्रहरीका सहित स्थानीयहरुले संयुक्त प्रयास गरिरहेका समेत वडाध्यक्षले बताए। 

    मोरङको बेलबारी भाउन्ने क्षेत्रमा स्थानीयको मकै र केरा खेती राम्रो उत्पादन हुने गरेको छ । स्थानीयले लगाएको मकै र केरा खेतीलाई नगदे बालीका रुपमा आफ्नो मुख्य आम्दानीको स्रोत मान्ने गरेका छन् । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा यतिबेला जंगली हात्तीले आतंक मच्चाई रहेको छ । 

    यस क्षेत्रमा विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एक÷एक गरी चारजनाको सर्वसाधारणको ज्यान लिई सकेको छ । 

    गत मंसिर ५ गते जंगली हात्तीको आक्रमणले गर्दा झापाको दमकको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङ, मंसिर १३ गते राति सुनसरीको इटहरी-२ का रबिन खड्का, मंसिर १५ गते झापाको हल्दिबारी-३ धनबहादुर वन, लेटाङ-३ कमल माझीको ज्यान लिएको छ। कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जंगली हात्ती हूलका हूल पसिरहेका छन् । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतंक मच्चाइरहेको छ । 

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार मोरङको बेलबारीमा देखिएको हात्तीको समूह २०-२१ वटाको छ। गत दुई हप्ता अगाडिदेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा जंगली हात्ती घुमिरहेका छन् । 

    जंकली हात्तिलाई मानव बस्तिबाट धपाउन डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेका अनुसार सलकपुर, बेलबारी र उर्लाबारीको मंगलबारेमा रहेको डिभिजन वन कार्यालयबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन सुरक्षाको टोली साइरनसहित स्थानीय समेत जंगली हात्ती धपाउन परिचालित रहेका छन्। 

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख १२, २०८२ (अप्रिल २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौंमा ट्राफिक प्रहरीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट : भिडियो सामाजिक सञ्जालमा भाइरल

    काठमाडौं, वैशाख ११ – काठमाडौं उपत्यकामा खिचिएको भनिएको एक भिडियोले अहिले सामाजिक सञ्जाल तताएको छ,...

    एमसीसी बन्द गर्ने तयारीमा अमेरिका: डजले सुरु गर्‍यो कर्मचारी कटौती

    वासिङ्टन डीसी, वैशाख ११ – एलन मस्कको नेतृत्वमा रहेको ट्रम्प प्रशासन अन्तर्गतको सरकारी खर्च कटौती...

    शिक्षक आन्दोलन चर्किंदै जाँदा विद्यार्थीहरू गाउँघरमा खेल्न व्यस्त

    मोरङ, वैशाख ११ – पछिल्ला तीन सातादेखि काठमाडौंमा शिक्षकहरू आन्दोलनरत छन्। देशभरका सामुदायिक विद्यालयहरू बन्द...

    आजको राशिफल

    आज वैशाख ११, २०८२ (अप्रिल २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...