News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा हात्ती प्रभावित क्षेत्रको निरीक्षण

    हिमालीसंचार संवाददाता
    १२१ पटक

    रबिन्द्र बराल/विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेस्थित जंगली हात्तीको आक्रमणबाट घर र बालीको क्षतिको विषयमा निरीक्षण गरेका छन् ।

    मोरङको भाउन्नेमा गएराती स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षति पुर्याएको थियो । पूर्वका झापा, मोरङ र सुनसरीका विभिन्न ठाउहरुमा यतिबेला जंगली हात्तीले आतंक मच्चाई रहेको छ । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट पूर्वका झापामा दुई, सुनसरी र मोरङमा एक एकजना गरी चारजना सर्वसाधरणको ज्यान लिएको छ। 

    मोरङको बेलबारी १० भाउन्ने स्थित १० बिगाहाभन्दा बढी क्षेत्रमा लगाइएको स्थानीयको मकै, केरालगायत बालीलाई हात्तीले ठुलो क्षति पुर्‍याएपछि मुख्यमन्त्री कार्कीले सो क्षेत्रको निरीक्षण एवम् अनुगमन आज गरेका हुन् ।

    जंगली हात्तीको आक्रमणबाट स्थानीय सर्वसाधराणलाई दुख दिने, आक्रमण गर्ने र बालीनालीमा ठूलो क्षति पुऱ्याएको बेलबारी–१० का वडाअध्यक्ष गंगाबहादुर याखाले बताए ।

    आज त्यस क्षेत्रका निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीले जंगली हात्तीलाई दिउँसो भन्दा रातको समयमा मानव बस्ती भित्र पस्न नदिन र नियन्त्रणमा राख्न सम्बन्धित निकायलाई निर्देशन दिए । कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले २७ वटा हात्तीको हूलले मानव बस्तीमा प्रवेश गरी ठुलो जनधनको क्षति पुर्‍याएको बताए ।

    प्रतिकृया दिनुहोस्

    अपाङ्गता भएका व्यक्तिहरूका लागि एकदिने तालिम सम्पन्न

    मोरङ, जेठ २७ – रंगेली नगरपालिकामा एकदिने सरोकारवाला निकायहरूसँग अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको...

    आजको राशिफल

    आज जेठ २७, २०८२ (जुन १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...