आज : २०२६-०९-१०, बिहीबार

त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

काठमाडौं – त्रिभुवन विमानस्थलबाट भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित गोरखाका चन्द्र घले र मीनबहादुर घलेलाई पक्राउ परेका छन्।

छातीको दायाबाया बेरेर ल्याएको सुन सहित पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले र मीनबहादुर घले पक्राउ परेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । 

बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट नेपाल आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो। घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए । 

विशेष सुराकीको आधारमा भन्सार प्रमुख डाक्टर टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति  उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो ।  

त्यस्तै, चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।