News Portal

मोरङको कर्सिया बजारमा अन्त:शुल्क स्टिकर दुरुपयोग गर्ने सुनील १९ लाख धरौटीमा छुटे

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
९५३ पटक

मंसिर २१ बिहिबार/मोरङ – मोरङको धनपालथान गाउँपालिका- ४ स्थित  कर्सिया बजारबाट आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने आन्तरिक राजस्व कार्यालय विराटनगरले १९ लाख ८८ हजार रुपैयाँको लिएर धरौटीमा छुटेका छन्।

सुर्तिजन्य पदार्थ “भोला/गुट्खा”को पाकेटमा हुने आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने केशव किराना पसलका सञ्चालक ४८ बर्षीय सुनील कुमार राजवंशीलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको थियो।

निजको घरबाट Ready made Tobacco लेखिईएको अन्तःशुल्कको ३ हजार १ सय ४० थान स्टिकर सहित रंगेली प्रहरीले गोप्य सूचनाको आधारमा गत शनिबार राजवंशीलाई नेपाल प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि आन्तरिक राजस्व  कार्यालय विराटनगर पठाईएको थियो। सुनिललाई कानून बमोजिम  २० लाख  रुपैयाँ धरौटी बुझाएर छुटेको आन्तरिक राजश्व कार्यालय मोरङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...