News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • प्रहरी नायव उपरीक्षक रेग्मीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित

    हिमालीसंचार संवाददाता/रविन्द्र बराल
    २१४ पटक

    विराटनगर – नेपाल सरकार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय मानवश्रोत एंवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्साल, काठमाण्डौंको पत्रादेशानुसार प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका प्रहरी नायव उपरीक्षक कासीनाथ रेग्मी दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ।

    कोशी प्रदेश प्रहरी कार्यालयमा बुधबार आयोजित एक समारोह बीच प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रहरी नायव उपरीक्षक कासीनाथ रेग्मीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्। 

    सु-शोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक बास्तोलाले संगठनको गहन एवम् महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने पदमा पदोन्नति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । 

    आयोजित कार्यक्रमका अवसरमा पदोन्नति भएका प्रहरी नायव उपरीक्षक कासीनाथ रेग्मीले आफ्नो मन्तव्य राख्ने क्रममा प्रहरी संगठनले दिएको जिम्मेवारीलाई व्यावसायिक निष्ठा र इमानदारिताका साथ उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका थिए। आयोजित समारोहमा प्रहरी उपरीक्षक, प्रहरी अधिकृतहरु एवंम प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    अपाङ्गता भएका व्यक्तिहरूका लागि एकदिने तालिम सम्पन्न

    मोरङ, जेठ २७ – रंगेली नगरपालिकामा एकदिने सरोकारवाला निकायहरूसँग अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको...

    आजको राशिफल

    आज जेठ २७, २०८२ (जुन १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...