News Portal

प्रहरी नायव उपरीक्षक रेग्मीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
३०६ पटक

विराटनगर – नेपाल सरकार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय मानवश्रोत एंवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्साल, काठमाण्डौंको पत्रादेशानुसार प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका प्रहरी नायव उपरीक्षक कासीनाथ रेग्मी दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयमा बुधबार आयोजित एक समारोह बीच प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रहरी नायव उपरीक्षक कासीनाथ रेग्मीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्। 

सु-शोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक बास्तोलाले संगठनको गहन एवम् महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने पदमा पदोन्नति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । 

आयोजित कार्यक्रमका अवसरमा पदोन्नति भएका प्रहरी नायव उपरीक्षक कासीनाथ रेग्मीले आफ्नो मन्तव्य राख्ने क्रममा प्रहरी संगठनले दिएको जिम्मेवारीलाई व्यावसायिक निष्ठा र इमानदारिताका साथ उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका थिए। आयोजित समारोहमा प्रहरी उपरीक्षक, प्रहरी अधिकृतहरु एवंम प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...