News Portal

मोरङको विभिन्न नगरपालिकाहरुका स्थानीयहरु गुईठा बनाउन बाध्य

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
२९४ पटक

मंसिर १९, मंगलबार/मोरङ – नेपाल सरकारले जतिसुकै सुर्य उर्जा, ग्यास चुलो, गोबर ग्यास घरघरमा ग्यास पाईप भन्दै भाषण गर्दै हिडेता पनि अतिविपन्न घरपरिवारका लागि भने उक्त सुविधाले छुन सकेको छैन ।

अहिले पनि गाई, गोरुको गोबरका माध्यमबाट दैनिक छाक टार्ने गुईठा बनाएर प्रयोग गर्ने स्थानीय गरिव परिवारहरु बाध्य रहेका छन। बिजुलीबाट खाना पकाउने प्रविधि आएता पनि ग्रामीण क्षेत्रमा अझै पनि परम्परा शैलीमा गोबरबाट गुईठा बनाउन स्थानीय  महिलाहरु बाध्य भएका छन । 

भारतीय सिमावर्ती क्षेत्र तथा दक्षिण भेगमा बसोबास गर्ने ऋषिदेव यादव, मण्डल, साह, राजवंशी  लागायतका बृद्ध तथा महिला, बालबालिकाहरु  अहिले गाई ,गोरु, भैसीको गेवरबाट गुईठा बनाउन ब्यस्त देखिन थालेका छन ।  

उनीहरुले घरमा पालेका गाई, गोरुको गोबरबाट निकै फाईदा लिईरहेका छन । गत कार्तिक महिनादेखि बैशाख महिनासम्म गाईको गोबरबाट बर्षदिन सम्मका लागि गोबरबाट गुईठा  बनाएर खाना पकाउने र दाउराको जोह गरिरहेका छन।  

सुनवर्षी नगरपाालिका, रंगेली नगरपालिका, रतुवामाई नगरपालिका तथा धनपालथान गाउँपालिकामा रहेका गरिव तथा निम्न वर्गका अधिकांश महिलाहरु बिहानै घाम लाग्ने बित्तिकैदेखि उनीहरु गोबरबाट गुईठा बनाउदै गरेको देख्न सकिन्छ ।  

स्थानीय महिलाहरुले सबैभन्दा पहिले गोबरलाई पानीमा भिजाएर गिलो पार्ने गर्दछन र गोबरलाई पराल वा भुसमा मिसाएर डल्लो पारेर सनपाटबाट निस्केको सन्ठिको प्रयोग गरेर गोबरमा घसेर घाममा सुकाउने गर्देछन । सो गुईठा १५/१६ दिन भित्र सुकेपछि खाना पकाउने काममा प्रयोग गर्ने गर्देछन । 

उनीहरुले ६ महिनाको अबधिमा बनाएको गुईठा पानीबाट सुरक्षित राखेर बर्ष दिनसम्म खाना पकाउने काममा प्रयोग गर्ने गर्दछन्। गुईठा आगोबाट खाना पकाउदा खानाको स्वाद समेत स्वादिलो र मिठो हुने साथै मानव स्वास्थ्यलाई समेत फाइदा हुने स्थानीयले बताए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...