News Portal

बागलुङकी पुनिकला घर्तिको उपचारमा समस्या, सहयोगको अपिल

हिमालीसंचार संवाददाता
२०६ पटक

कुवेत -बागलुङ निसिखोला गाउँपालिका वडा नं. २ की दुवै मृगौला पीडित पुनिकला घर्तिको आर्थिक अभावका कारण उपचारमा समस्या परेको छ । विगत एक वर्षदेखी दुवै मृगौला फेल भएको बहिनीको यतिबेला उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि दाजु चिन घर्तिले अनुनयविनय गरेका छन ।

निसिखोला गाउँपालिका निवासी दिल बहादुर घर्तिको २३ वर्षीय दुवै मृगौला पीडित छोरी पुनिकला घर्ति पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लामोदेखी उपचाररत छिन । परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र बुवाको समेत मृत्यु भएका कारण थप उचारका लागि समस्या परेको छ ।

मृगौला प्रत्यारोपणका लागि ठुलो धनरासीको आवश्यक परेको र परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचारमा समस्या परेको छ । मृगौला पीडित पुनिकला पृथ्वीनारायण क्याम्पस पोखरामा बिएड दोश्रो वर्षमा अध्ययनरत छिन । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई ‘पुनिकला घर्ति बचाउ अभियान’ मा सक्दो सहयोग गरि उनको जिवन रक्षाका लागि कुवेतको नेपाली समाजको चिरपरिचित समाजसेवी राम बस्नेतले आर्थिक सहयोगका लागि अपिल गरेका छन ।

साथै पुनिकला घर्तिलाई नयाँ जीवन दिन तलको विवरण अनुसार सहयोग गर्न सकिने बताइएको छ । आर्थिक सहयोगका लागि सम्पर्कः China Gharti Prabhu Bank A/C : 1430141663700018 Esewa: 9805248408 QR Code

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...