News Portal

नेपाल आयल निगम ऋण मुक्त, निगमले अझैं मुल्य धटाएन

“निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा २ रुपैयाँ नाफा लिँदै आएको छ!”

हिमालीसंचार संवाददाता
२८९ पटक

काठमाडौं – नेपाल आयल निगमले करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको निगम ऋण मुक्त भएको छ । ऋणको दायित्व रहेको भन्दै पटक पटक मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको नेपाल आयल निगम ऋण मुक्त हुँदासमेत अझैं मूल्य घटाएको छैन ।

विगत विस २०७७ सालदेखि निरन्तर घाटामा जान थालेको नेपाल आयल निगमले भारतीय आयल निगमबाट तेल खरिद गर्न भन्दै नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको थियो । पेट्रोलियम पदार्थ खरिद गर्नका लागि २४ अर्ब रुपैयाँ यसअघि नै निगमले ऋण चुक्ता गरिसकेको छ ।

नेपाल सरकारलाई हिजो विहिबार अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋण मुक्त भएको हो । तर नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैंन ।

नेपाल आयल निगमवे पेट्रोलियम पदार्थको मूल्य वृद्धिले महँगीको मारमा परेका नेपाली उपभोक्ताले निगम ऋण मुक्त भएसँगै मूल्य समायोजन गर्न माग गरेका छन् ।

नेपाल आयल निगमले असारदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । तर असोजदेखि त्यो प्रणाली पनि लागू गरेको छैन ।

निगमले स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार बिक्री मूल्य निर्धारण गर्दा पेट्रोल पदार्थमा २ दशमलव ५ प्रतिशत र डिजेलमा २ प्रतिशत मात्र मुनाफा राख्न पाउने व्यवस्था रहेको छ । पछिल्लो समय नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा ३ रुपैयाँ र डिजेलमा २ रुपैयाँ नाफा लिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...