News Portal

बुटवलको सिद्धार्थ बाल तथा महिला आम्दा अस्पतालका स्वास्थ्यकर्मी कुट्ने ७ जना पक्राउ

हिमालीसंचार संवाददाता
२८० पटक

युवा राई/ बुटवल – बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको घटनामा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन्।

गत सोमबार अस्पतालमा उपचाररत सुत्केरीका लागि ल्याईएका एक महिलाको मृत्यु भएपछि मंगलबार महिलाका आफन्तहरूले डाक्टर बस्यालमाथि कुटपिट गरेका थिए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) दान बहादुर थापाले उक्त घटनामा संलग्न ७ जनालाई बुधबार नै पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेहरूमा मृतक महिलाको भाइ हरि राजकोटी, प्रगती थापा, लिला थापा, प्रकृति थापा, कुमार थापा, मिलन राना र दिलबहादुर थापा रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ।

सुत्केरी महिलाको मृत्यु भएको घटनाबारे आज बिहान २ बजे अस्पतालमा अस्पताल प्रशासन र प्रहरीले पीडित पक्षसँग संयुक्त छलफल गरेको थियो।

छलफलका क्रममा पीडित पक्षका केही व्यक्तिहरूले डाक्टर बस्याललाई कुटपिट गरेका थिए। उनीहरूको आक्रमणबाट बस्यालको टाउको र छातीमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।

आक्रमणबाट गम्भीर घाइते भएका उनलाई घटना लगत्तै लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। अहिले उनलाई आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

घटना लगत्तै कुटपिटमा संलग्नलाई पक्राउ गरिएको डिएसपी थापाले जानकारी दिए। तर, प्रहरीले अझै पनी उनीहरूविरूद्ध कुनै कारबाही प्रक्रिया अगाडि बढाएको छैन।  

अहिले प्रहरी जनशक्ति अस्पतालतर्फ नै केन्द्रित भएकोले पक्राउ परेकाहरुसँग सामान्य सोधपुछ बाहेक अन्य कुनैपनि कारवाही प्रक्रिया अगाडी नबढाइएको डिएसपी थापाले बताए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत विकले पनि राती भएको घटनालाई साम्य पार्न चिकित्सकलाई कुटपिट गर्ने ७ जनालाई पक्राउ गरिएको भएपनि अन्य कुनै कारवाही प्रक्रिया अगाडी नबढाईएको बताए।

‘पक्राउ परेकाहरुलाई कस्तो कारवाही प्रक्रिया अगाडी बढाउने भन्दा पनि अहिलेको पहिलो काम भनेको अस्पतालमा उत्पन्न परिस्थितीलाई साम्य बनाउनमै प्रहरीको ध्यान केन्द्रित रहेको प्रहरीको भनाई रहेको छ। 

प्रतिकृया दिनुहोस्

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...