News Portal

शक्तिशाली पप्पु कन्स्ट्रक्सन कालोसूचीमा पनि परेन

६५८ पटक

राजन गाउँले
सिन्धुली : गृहमन्त्री रामबहादुर थापाले कामचोर ठेकेदारलाई कारबाही गर्ने उद्घोष गरेको झन्डै ६ महिना पूरा हुँदा पनि कुनै ठेकेदारलाई कारबाही गर्न सकेका छैनन् । स्थानीय प्रशासनको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार भएअनुसार हालैमात्र १५ निर्माण कम्पनीलाई कालोसूचीमा पनि राख्यो । तर, राजनीतिक आडमा ठेक्का गर्दै वर्षौदेखि कामै नगरी बस्ने पप्पु कन्स्ट्रक्सन भने कालोसूचीमा पनि नपरेपछि नागरिक भने सरकार र सरकारको कामप्रति सशंकित हुन थालेका छन् ।

हालैमात्र अरबौंको निर्माण काम गर्न ठेक्का सकार गरेर पनि काम नगर्ने १० वटा निर्माण कम्पनी र पाँच मालवस्तु आपूर्ति गर्ने कम्पनीलाई सार्वजनिक खरिद ऐनबमोजिम कालोसूचीमा राखेको हो । सडक, पुललगायत दर्जनौं ठेक्का लिएर अलपत्र पार्ने विवादास्पद ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन भने कालोसूचीमा नपरेपछि सिन्धुलीका नागरिक तथा राजनीतिक दल र सरोकारवालाले पप्पु कन्स्ट्रक्सन शक्तिशाली र सरकार निरीह भएको टिप्पणी गरेका हुन् ।

अन्य जिल्लामा जस्तै सिन्धुलीमा पनि करोडौंको पुलको ठेक्का लिएर वषौंदेखि अलपत्र पारेको पप्पुप्रति आक्रोसित दुधौली नगरपालिकाका २ का वडाध्यक्ष रितेश राउतले पप्पु कालोसूचीमै नपर्नु सरकारको निरीहता भएको बताए । ‘पप्पुजस्तै अन्य कम्पनीलाई एकदेखि तीन वर्ष कालोसूचीमा राखिएको भए पनि पप्पुलाई भने सरकार र राजनीतिक दलले नै संरक्षण दिएको छ’, उनले आरोप लगाए ।

वर्षौंदेखि कमला नदीमा पुल नहुँदा दर्जनौंको संख्यामा सर्वसाधारणले ज्यान गुमाउनु परेको स्मरण गर्दै राउतले भने, ‘जुन कम्पनीका कारण पुल अलपत्र हुँदा देशैभर सयौंको संख्यामा नागरिकको ज्यान गएको छ । उसैलाई राजनीतिक संरक्षण दिएर राख्नुको कारण के हो ? ’ पप्पुले कमला नदीमा निपाने र हत्पते जोड्ने पक्की पुल ३२ करोड लागतमा निर्माण गर्न ठेक्का साकार गर्दै २०६८/६९ बाट काम थालेको थियो ।

हेटौंडा—सिन्धुली—गाईघाट—चतरा वैकल्पिक सडक खण्डअन्तर्गत पर्ने उक्त पुल डबल लेन (६ मिटर चौडाई र ५ सय ४६ मिटर लामो) निर्माण गर्नु पर्ने प्राविधिक स्टिमेटमा उल्लेख छ । तर, निर्माण थालिएको झन्डै आठ वर्षसम्म पुलको ४० प्रतिशत पनि काम नहुँदै ठेकेदार काम छाडेर भागेपछि पप्पुको पुल स्थानीयलाई ‘काल’ बनेको नगरवासीको भनाइ छ ।

पुल २०७२/७३ भित्रै सक्नुपथ्र्यो । पुल निर्माण थालेयता उक्त स्थानमा बगेर २८ जनाको ज्यान गइसकेको छ । कन्स्ट्रक्सनका निर्देशक हरिनारायण रौनियार सत्तारुढ संघीय समाजवादी फोरमका प्रतिनिधि सभा सांसद हुन् । बबई पुल निर्माणमा लापरबाही र अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा चलाएपछि उनी सांसद पदबाट हालैमात्र निलम्बनमा परेका छन् । ठेक्का लिने तर पेश्की हात पारेपछि वर्षौंसम्म कामै नगर्ने पप्पुलाई सांसदबाटै च्यूत र उनको कम्पनीलाई समेत खारेज गर्नुपर्ने हत्पतेका रोखराज दाहालको माग छ ।

आर्थिक चलखेलका भरमा राजनीतिक र प्रशासनिक संरक्षण पाइरहेको कन्स्ट्रक्सनलाई कारबाही र कालोसूचीमा राख्न कुनै पनि मातहतका सरकारी निकायले सिफारिस नगरेकाले नपरेको कार्यालयले जनाएको छ । पप्पुको लापरबाहीका कारण गौरवका आयोजनामध्ये पहाडी लोकमार्गअन्तर्गत फिक्कलमा वर्षौंदेखिको पक्की पुल पनि अलपत्र छ ।

पुल झन्डै सात वर्षदेखि अलपत्र हुँदा गाउँपालिकाकै बद्नाम भएको फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीको गुनासो छ । ‘मध्य पहाडीको सिन्धुली खण्डका सबै सडक पिच छ तर, उक्त पुल भने लापरबाहीका कारण अलपत्र छ । पप्पुलाई सरकारले किन कारबाहीको दायरामा ल्याउन सकेन ? ’, उनले प्रतिप्रश्न गरेको अन्नपूर्ण पोस्टमा समाचार छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...