News Portal

कुवेतका नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

हिमालीसंचार संवाददाता
२८६ पटक

कुवेत सिटी, कुवेत। कुवेतका लागि नेपालका राजदूत घनश्याम लम्सालले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राजदूत लम्सालले कुवेतका युवराजधिराज सेख मेसल अल अहमद अलजबेर अलसवाहसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

राजप्रासदमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा राजदूत लम्सालले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट कुवेतका युवराजको सुख, शान्ति एवं सुस्वास्थ्यका साथै कुवेती जनताको निरन्तर प्रगतिको कामना गरेका थिए।

राजदूत लम्साललाई स्वागत गर्दै कुवेतका राजकुमारले कुवेत अधिराज्यको आर्थिक विकासमा एक लाखभन्दा बढी नेपालीले गरेको योगदानको सराहना गर्दै राजदूत लम्सालको सफल कार्यकालका निम्ति हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कुवेती फण्डमार्फत नेपालमा लगानी बढाउने आश्वासन दिँदै कुवेती युवराजले आर्थिक सहयोगका माध्यमबाट द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

कुवेतकालागि नेपालका महामहिम राजदूत घनश्याम लम्सालले हिजो कुवेतका युवराजसमक्ष बयान प्यालेसमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको सम्बन्धमा नेपाली राजदूतावास कुवेतबाट जारी गरिएको प्रेस विज्ञप्ती:-

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...