News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपाल फोटो पत्रकार महासंघ सुनसरीद्वारा घाइते चालकलाई आर्थिक सहयोग

    हिमालीसंचार संवाददाता
    २२६ पटक

    धरान – नेपाल फोटो पत्रकार महासंघ सुनसरीले तिहारमा आयोजना गरेको देउसी-भौले खेलेर संकलन गरेको रकम मध्ये सडक दुर्घटनामा घाइते भएका चालक सोम राईको उपचारका लागि नगद रु. १५ हजार सहयोग गरिएको छ।

    सडक दुर्घटनामा स्पाइनलकर्ड इन्ज्युरी भइ उपचाररत भएका बसका चालक राईको औषधि उपचार गर्न ठुलो समस्या भईरहेको अबस्थामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अभियान चलाइरहेको जानकारी प्राप्त भएपछि संगठनको सोही अभियानमा नेपाल फोटो पत्रकार महासंघ सुनसरीले नगद सहयोग गरेको हो । 

    गत मंगलबार महासंघका अध्यक्ष विकास चाम्लिङ राईले संगठनका केन्द्रिय अध्यक्ष भीमज्वाला राईलाई उक्त नगद हस्तान्तरण गरेका हुन् । बसका चालक सोम राईकी श्रीमती सकुन राईको उपस्थितिमा उक्त आर्थिक रकम हस्तान्तरण गरिएको महासंघका अध्यक्ष राईले हिमालीसंचारडटकमसंग बताए। 

    आर्थिक रकम हस्तान्तरण पछि पत्रकार चाम्लिङले  प्रत्येक वर्ष देउसी-भौलो खेलेर संकलन भएको रकमबाट सामाजिक कार्य गर्दै आइरहेकामा यो बर्ष मजदुर नेता भीमज्वाला राईले चालकको उपचारमा सहयोग गर्न आग्रह गर्नु भएकाले संकलित रकम मध्येबाट १५ हजार आर्थिक सहयोग गरेको बताए । 

    उक्त आर्थिक सहयोग रकम ग्रहण गर्दै संगठनका अध्यक्ष भीमज्वाला राईले बसका चालकको उपचार बापतको रकम नगद रु. १ लाख ५१ हजार ९ सय बाँकी रहेको समेत बताए ।

    अध्यक्ष राईका अनुसार हामीले मजदुर, व्यवसायीबाट ३७ हजार संकलन गरेको र त्यसमा फोटो पत्रकार महासंघ सुनसरीको सहयोगपछि करिव ५२ हजार रकम जम्मा भएको समेत जानकारी दिए। आवश्यक  थप रकम समेत यसरी नै जुटाउने बताएका अध्यक्ष राईले आर्थिक सहयोगका लागि फोटा पत्रकार महासंघ सुनसरीलाई धन्यवाद दिए । 

    आर्थिक रकम हस्तान्त्रण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेशका सचिव देवेन्द्र कार्की, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, धरान नगर कमिटी अध्यक्ष कमल भट्टराई, जिफन्ट धरान अध्यक्ष शमशेर बर्देवा, फोटो पत्रकार महासंघ सुनसरी सचिव शीशीर राईको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...

    कालीगण्डकी करिडोरले बदलिँदै दुर्गमको परिचय

    गण्डकी। काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको होटलको शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ।...

    इजरायल र हिजबुल्लाह युद्धविराम नजिक

    एजेन्सी। इजरायली र अमेरिकी अधिकारीहरूले इजरायल र लेबनान युद्धविराममा सम्झौतामा पुग्न नजिक रहेको बताएका छन्।...

    मंसिर ११ गते मंगलबारको तपाईको आजको राशिफल

    वि. सं. २०८१ साल मंसिर ११ गते मंगलबार || सन् २०२४ नोभेम्बर २६ तारिख मेष...

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...