News Portal

मोरङको रंगेलीमा छठ पर्वका लागि ढक्की र सुप्पा बनाउन ब्यस्त

हिमालीसंचार संवाददाता
२६८ पटक

रबिन्द्र बराल/मोरङ – हिन्दु धर्मावालाम्वीहरुको तेस्रो महान छठ पर्वका लागि चाहिने सामाग्रीहरु बनाउन रंगेली नगरपालिका-६ स्थित माझी टोलका ३० घर परिवारले अहिले छट पर्वमा चाहिने ढक्की, सुप्पा, कोनिया र डाला बनाउन ब्यस्त छन ।

उनीहरुले तराईमा पाईने बाँसको चोयाबाट निकालेर उनीहरुले उक्त सामग्री बनाउने गरेका छन । बिगतमा यहि पेसाबाट आम्दानी हुने गरेको तर अहिले बजारमा बढी मात्रामा खुल्ला सिमानाका कारण अहिले भारतीयहरुले नेपालमा आएर सस्तो मुल्यमा बिक्रीवितरण गर्दे आफुहरुको रोजीरोटी स्थानीयले गुनासो पोख्छन् । पुर्खेउली पेशा भएको हुनाले आफुहरुले यसलाई जगेर्ना गरेको  र बाँस समेत महगो हुने र  सामग्री  बनाउदा समेत आफुहरुको हात, खुट्टा  काट्ने समस्या हुने गरेको स्थानीय राज कुमारी माझीले बताईन ।  

सामग्रीहरु तयारी पारेर बिक्रीवितरणका लागि रंगेली, कर्सिया, दोहमाना, डाईनिया बजारमा बिक्री गर्ने गरेको बताए।  छठ पर्वका लागि सुप्पा २ सय रुपैयाँ प्रतिगोटा, ढक्की ३ सयदेखि ३ सय ५० रुपैयाँ र ढक्ना १ सय रुपैयाँ सम्म बिक्री गर्ने गरेको निरु माझीले बताए । अहिले बजारमा छठ पर्वमा चाहिने आवश्यक सामग्रीहरु समेत जुटाउन थालेका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...