News Portal

  • खोटाङको सुङदेलमा अलैची खेलीमा सुकौरा लाग्दा आयो उत्पादनमा ह्रास

    हिमालीसंचार संवाददाता
    २६८ पटक

    सुङदेल – खोटाङ जिल्लाको उत्तरीभेगमा रहेको खेती योग्य उर्वरभूमि केपिलासगढी गाउपालिका वडा नं. ७ सुङदेलमा यो बर्ष अलैची खेतीमा सुकौरा लागेपछि ठुलो ह्रास आएको छ।

    जिल्लाकैं उर्बर भूमि मानिएको सुङदेलमा बर्षेनी राम्रो उत्पादन हुने नगदेवालीमा यो बर्ष अलैची खेतीमा समेत ठुलो ह्वास आएको सुङदेलटारका स्थानीय कृषक दुर्पीन राईले हिमालीसंचारडटकमसंग बताए। 

    उनका अनुसार सुङदेलमा बर्षेनी ६ सय मन अलैंची उत्पादन हुने सुङदेलमा यो बर्ष अलैचीको बोटमा नै सुकौरा (खुईलिने) रोगले गर्दा अलैची उत्पादनमा कमी आएको हो। 

    सुङदेलमा भर्खर भर्खर अलैची खेतीका लागि उत्साहित कृषक अलैची खेती सम्बन्धि राम्रो प्राविधिक ज्ञान नभएकाले पनी अलैची खेतीमा ह्रास आएको समेत स्थानीय कृषकहरु बताउछन्। गतबर्ष मात्र २३ मन बढी अलैची उत्पादन गरेकोमा यो बर्ष करिब ९ मन भन्दा बढी उत्पादन गर्न नसकेको कृषकहरु बताउछन् । 

    यो बर्ष ५५.५ प्रतिमनका दरले किनबेच भईरहेको स्थानीय कृषकहरु बताउछन् । स्थानीय किसानहरुले अलैचि बेचेर आफ्नो जिविको पार्जन गरिरहेको अवस्थामा एक्कासी उत्पादनमा ठुलो ह्रास आउदा आर्थिक उपार्जनमा टेवा पुऱ्याउदै आएका स्थानीय कृषकहरुलाई ठुलो नोक्सान भएको हो। स्थानीय कृषक चन्द्रबहादुर राईका अनुसार बैशाख, जेठ र असारमा अलैची गोडमेल गर्दा पनी अलैची उत्पादनमा कमी हुने अनुभव सुनाउछन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १५ गतेको राशिफल

    आज असोज १५, २०८२ (अक्टोबर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...