News Portal

ईन्सपेक्टर दिनेश गुरूङलाई खुल्ला पत्र

हिमालीसंचार संवाददाता
३९३७ पटक

काठमाडौं – ईन्सपेक्टर दिनेश गुरूङ, जय नेपाल। सत्य सेवा सुरक्षणम मोटो बोकेको नेपाल प्रहरीको ईन्सपेक्टर जस्तो गरीमामयी पद ग्रहण गरेर एउटा पोष्टको कमाण्ड सम्हाल्ने तपाई र म जस्तो न्यायको भिख मागेर उक्त कार्यालयमा पुगेको नेपाली नागरीक बीचको कुराकानीलाई केन्द्रित गर्दै यो खुल्ला पत्र अनलाईन पोर्टल मार्फत साभार गरेको छु।

बिगतमा म पनि नेपाली सेनामा कार्यरत रहेको ब्यक्ति हुँ। मेरो स्वभाव अलि चाडै रिसाउने भएकोले कुनै पनि नराम्रो कुरा भए सुनिएमा चाडै नै एक्सनमा आउने हुनाले उक्त दिनलेन देनको बिषयमा बसपार्क चौकी म र मेरो श्रीमति गएका थियौ। हामीलाई केश गर्ने मुकुन्द थपलिया १ घण्टासम्म पनि कार्यालय नआउदा साथै मेरो श्रीमतिको समेत कल नउठाएको र मैले कल गर्दा मेरो फोन उठाई टिचिङ हस्पिटलमा छु भनेर भन्दा मैले आवेशमा आई म काममा जानु पर्ने मान्छे अरूको पैसा पनि खाने र अहिले यसरी ढाट्ने “भनेर बसपार्क चौकीको गेटमा मैले बोलेको शब्द यहि नै हो यो शब्दलाई नै केन्द्रित गर्दै तपाई गुरूङले म संग कुनै पनि कारण नबुझी मेरो हेलमेट टेवलमा राखेर पाईपले मेरो पिडौलामा लगभग ६/७ पटक हिर्काउनु भयो। मेरो पिडौलामा निलडाम हुन पुग्यो।

अब तपाई सामु मेरा केहि प्रश्नहरू:-

१) के म अपराधी हुँ ?

२) के म ज्यानमारा हुँ ? के म मानव तस्कर हुँ ?

३) के म बलत्कारी हुँ ?

४) के म ड्रग्स ओसारपसार गर्ने मान्छे हुँ ? मैले त्यति शब्द बोलेकै भरमा त्यसरी मरणासान्न हुने गरी पिट्नुको कारण के ? पदीय जिम्मेवारीको ख्याल गर्नु पर्छ की पर्दैन ? पोष्टको कमाण्ड सम्हाल्ने ब्यक्तिमा यस्तो घमण्डी पना सृजित हुनुलाई राम्रो मान्न सकिएला र ? कानुन भन्दा माथि कोहि छैन होला तपाईले कानुन भन्दा माथि रहेर मलाई जुन दुर्ब्यहार गर्नुभयो यसको कानुनी उपचार खोज्ने नै छु। तपाईले दिनु भएको मानसिक र शाररीक पीडाले आजसम्म पनि म निदाउन सकेको छैन्।

नेपालको ऐन कानुनको कुन चाँहि दफा उप दफा लेखिएको छ यति शब्द बोल्दा यसरी पिट्नुपर्छ भनेर। तपाईले मलाई सम्झाउन सक्नु पनि हुन्थ्यो होला यसो नगर्नु नबोल्नु भनेर। पिटेर समस्या समाधान गर्छु भन्नु मुर्खता सिवाय केहि होईन। पिट्नु समस्या समाधान हो त ? यस्ता थुप्रै जिज्ञासा छन म संग। समयले साथ दिए फेरी पनि हाम्रो भेट नहोला भन्न सकिन्न तर सत्य सेवा सुरक्षणम मोटो बोकेको नेपाल प्रहरीको छबिलाई धमिल्याउने काम कसैबाट हुनुहुँदैन।

११ कक्षा पढ्दै गरेका भाईहरूलाई समेत आफ्नो कोठा अगाडी बसि रहेको अबस्थामा समातेर पुलिस कष्टडीमा राख्ने नेपाल प्रहरीलाई मेरो भन्नु केहि छैन। प्रहरीप्रति नागरीकको आस्थालाई मजबुत बनाउने काम गर्नुहोस्। यो १९ औ शताब्दि होईन २१औं शताब्दि हो तसर्थ नेपाल प्रहरीको बर्दीलाई कदर गरेर आउने दिनमा अगाडी बढ्नुहोस। तपाई जागिरको दौडानमा आज यता हुनुहुन्छ भोली कता तसर्थ यस्तो स्वभावले पक्कै पनि राम्रो गर्ने छैन्।

 

प्रतिकृया दिनुहोस्

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...