News Portal

भूकम्पबाट जाजरकोट र रुकुममा ठूलो क्षति

हिमालीसंचार संवाददाता
३८४ पटक

काठमाडौं -पश्चिम नेपालमा शुक्रवार गएको भूकम्प परेर अहिलेसम्म एक सय २८ जनाको मृत्यु भएको छ।भूकम्पबाट जाजरकोट र रुकुममा ठूलो क्षति भएको छ । जाजरकोटमा मात्रै मृत्यु हुनेको संख्या ९२ पुगेको छ भने रूकुममा कम्तिमा ३६ जनाको मृत्यु भएको रुकुम प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले ३६ बढीको मृत्यु भएको र ५३ जना अस्पतालमा भर्ना भएको जानकारी दिनुभयो ।

रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् । डिएसपी भट्टराईले मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध भएको जानकारी दिनुभयो ।

भूकम्पले जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...