News Portal

सुर्खेतको कालागाउँमा रहेको क्षेत्रिय अस्पताल प्रादेशिक अस्पतालमा रुपान्तरण

५६१ पटक

बिमला खड्का
सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको कालागाउँमा रहेको मध्यपश्चिम क्षेत्रिय अस्पताललाई कर्णाली प्रादेशिक अस्पतालमा रुपान्तरण गरिएको छ । रुपान्तरण गरिएको प्रादेशिक अस्पतालको उदघाटन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका हुन् ।

उदघाट्न समारोहमा बोल्दै मुख्यमन्त्री शाहीले मध्यपश्चिम क्षेत्रिय अस्पताललाई रुपान्तरण गरेसँगै ५ सय शैयाको बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले अस्पतालमा प्रवेश गर्ने कर्मचारीले राजनिती भन्दा सेवाभाव बोकेर जनतालाई प्रभावकारी सेवा दिनुपर्ने बताएका छन् । उनले कर्णाली प्रदेश भौगोलिक रुपमा विकट रहेकाले स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई प्रभावकारी सेवा पुर्‍याउन स्थानिय तहमा अस्पताल सञ्चालन गर्ने अवधारणा सरकारले अघि सारेको बताए । ग्रामिण क्षेत्रमा बस्ने नागरिकहरुलाई शुरुमा आवश्यक पर्ने प्राथमिक स्वास्थ्य सेवा पुर्‍याउन आफुहरु लागिपरेको मुख्यमन्त्री शाहीले बताए ।

कार्यक्रममा सामाजिक मन्त्री दल रावललले कर्णाली प्रदेशका नागरिकहरुका लागि प्रभावकारी सेवा दिन प्रदेश सरकारले आवश्यक संरचना र जनशक्ती थप गर्ने प्रतिवद्धता जनाए । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सेवा लिन आएका नागरिक हरुले अस्पतालमा झेल्नुपरेका समस्याहरु लाई निराकरण गर्न सरकार कटिबद्ध रहेको बताए ।

प्रादेशिक अस्पतालका प्रमुख डा.डम्बर खड्काले अस्पतालले जतिसुकै समस्या झेलेपनि सेवा लिन आएका नागरिकहरुका लागि प्रभावकारी सेवा दिइने प्रतिवद्धता व्यक्त गरे । संरचना र दक्ष जनशक्तीको अभाव झेल्दै आएको अस्पतालले हाल ११५ शैयाबाट सेवा दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...