News Portal

सुर्खेतको कालागाउँमा रहेको क्षेत्रिय अस्पताल प्रादेशिक अस्पतालमा रुपान्तरण

४९८ पटक

बिमला खड्का
सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको कालागाउँमा रहेको मध्यपश्चिम क्षेत्रिय अस्पताललाई कर्णाली प्रादेशिक अस्पतालमा रुपान्तरण गरिएको छ । रुपान्तरण गरिएको प्रादेशिक अस्पतालको उदघाटन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका हुन् ।

उदघाट्न समारोहमा बोल्दै मुख्यमन्त्री शाहीले मध्यपश्चिम क्षेत्रिय अस्पताललाई रुपान्तरण गरेसँगै ५ सय शैयाको बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले अस्पतालमा प्रवेश गर्ने कर्मचारीले राजनिती भन्दा सेवाभाव बोकेर जनतालाई प्रभावकारी सेवा दिनुपर्ने बताएका छन् । उनले कर्णाली प्रदेश भौगोलिक रुपमा विकट रहेकाले स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई प्रभावकारी सेवा पुर्‍याउन स्थानिय तहमा अस्पताल सञ्चालन गर्ने अवधारणा सरकारले अघि सारेको बताए । ग्रामिण क्षेत्रमा बस्ने नागरिकहरुलाई शुरुमा आवश्यक पर्ने प्राथमिक स्वास्थ्य सेवा पुर्‍याउन आफुहरु लागिपरेको मुख्यमन्त्री शाहीले बताए ।

कार्यक्रममा सामाजिक मन्त्री दल रावललले कर्णाली प्रदेशका नागरिकहरुका लागि प्रभावकारी सेवा दिन प्रदेश सरकारले आवश्यक संरचना र जनशक्ती थप गर्ने प्रतिवद्धता जनाए । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सेवा लिन आएका नागरिक हरुले अस्पतालमा झेल्नुपरेका समस्याहरु लाई निराकरण गर्न सरकार कटिबद्ध रहेको बताए ।

प्रादेशिक अस्पतालका प्रमुख डा.डम्बर खड्काले अस्पतालले जतिसुकै समस्या झेलेपनि सेवा लिन आएका नागरिकहरुका लागि प्रभावकारी सेवा दिइने प्रतिवद्धता व्यक्त गरे । संरचना र दक्ष जनशक्तीको अभाव झेल्दै आएको अस्पतालले हाल ११५ शैयाबाट सेवा दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...