News Portal

  • भुमा पराजुलीद्वारा छात्रासंग उपमेयर कार्यक्रमको आयोजना

    रविन्द्र बराल
    २१४ पटक

    मोरङ। नगरपालिकामा जिम्मेवारी सम्हालेपछि मोरङको रंगेलीको उपमेयर भुमा पराजुलीले पछिल्लो समयमा निकै चर्चा वटुल्न सफल हुनु भएको छ। उपमेयर पराजुलीले संचालनमा ल्याउनुभएको छात्रासंग उपमेयर कार्यक्रम तथा उहाले गर्नुभएका सामाजिक कार्यका कारण चर्चा बटुल्न सफल हुनु भएको हो।

    उहाँले बिगत ३ महिनादेखि सामुदायिक बिधालयका १३ वटा माध्यमिक बिधालय मध्ये १० वटा बिधालयहरुका कक्षा ८ देखि १२ सम्मका छात्राहरुलाई बिधालयमा पुगेर बालबिवाह रोकथाम, तथा घरेलु हिन्सा नियन्त्रणका विषयमा जनचेतना गराउने उदेश्यले यस्तो कार्यक्रम सन्चालन गर्नु भएको हो।

    सिमाक्षेत्रमा बसोवास गर्दे आईरहेका विपन्न तथा सिमान्तकृत समुदायले दहेजको समस्या देखाउदै छोरीको बिवाह कम उमेरमा गर्ने र छोरीहरुले कलिलै उमेरमा ३-४ वटा सन्तान जन्माउदा उनिहरुको अकालमै ज्यान जाने गरेका घटनाहरु ऋहिलेपनि कायमै छन। त्यस्ता कार्यलाई निरुत्साहित वनाउन बिधालयमै पुगेर जनचेतना फैलाउनेक कार्यमा उपमेयर पराजुली सक्रिय भएर लागेको पाइन्छ।

    जनजिविकाको सवालमा सवैलाई चेतना जगाउने उदेश्यले नगरपालीको बोड बैठकले यस्तो खाल्को कार्यक्रम सन्चालन गरेको उपमेयर भुमा पराजुलीको भनाई छ। कार्यक्रममा कम उमेरमा विवहा गर्दे छात्राहरुको मानसिक र शारीरिक विकासमा कमि आउने भएकाले पनि नगरपालिकाले मात्र होइन अभिभावक तथा समाजले पनि त्यस्ता परिवारलाई सचेत गराउनु आवश्यक रहेको उहाँले वताउनुभयो।

    बिधालयमा यसरी कार्यक्रम सन्चालन गरेपछि बिधार्थीहरुले अहिले गाउँघरमा बालविवाहकाे बारेमा जानकारी समेत गराउदै हिड्ने गरेको र उनिहरुले उपमेयरलाई आफ्नो अभिवाकहरुलाई समेत राखेर यस बिषयमा जानकारी गराई दिन आग्रह समेत गरेको भुमा पराजुलीले बताईन। बालबिवाहले विशेष गरी बालक भन्दा बालिकामा धेरै असर पार्दछ र बालिका शारीरिक, मानसिक र घरेलु हिंसामा पर्न सक्ने जोखिम बढाउँछ।

    नेपालको कानुनले विवाहको लागि केटा र केटीको न्युनतम उमेर २० वर्ष कायम भएको र उमेर नपुगी गरिएको विवाहले कानुनी मान्यता नपाउने व्यवस्था रहेको, शारीरिक रूपमा परिपक्व नभई गर्भवती हुने, किशोरी आमाबाट जन्मिएका बच्चाहरू अस्वस्थ्य हुनुको साथै बच्चा जीवनको पहिलो वर्षमै मृत्यु हुने समभावना हुन्छ। त्यसकारण पनि विद्यालयमा पढन आएका छात्राहरुलाई यस्ता कुराको समयमा जानकारी आवश्यक रहेको उहाको भनाई छ।

    सोहि क्रममा कम उमेरमा विवाह गर्दे विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन, विवाह गर्न पूरा हुनु पर्ने उमेर पूरा नभएको व्यक्तिले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन। यस्तो कार्य गर्ने व्येक्तीलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने समेत छात्राहरुलाई जानकारी गराउदा छात्राहरु सचेत हुने गरेको उहाको भनाई छ।

    उपमेयर भुमा पराजुली वडा स्तरमा गर्नुभएको कार्यक्रममा बिधालयका शिक्षक प्रधानाध्यापक अरविन्द कुमार साह, वडा अध्यक्ष सुजित कुमार मंण्डल, सरिता पराजुली, हिना मिश्र, खुस्वु कुमारी दास र जमुना दाहाल लगायतको समेत सहभागी रहेको थियोे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...