News Portal

पर्वतको हुबासस्थित बन्द रहेको मिसन अस्पताल सञ्चालनको तयारी

हिमालीसंचार संवाददाता
३५७ पटक

पर्बत। पर्बत जिल्लाको पैयुँ गाउँपालिका हुबासस्थित बन्द रहेको मिसन अस्पताल पुनः सञ्चालन गर्न तिब्र रुपमा तयारी भैरहेको छ। बिगत २२ बर्ष देखि बन्द रहेको यो अस्पताल पुनः सञ्चालनको बाताबरण तयार गर्न काठमाडौंस्थित देउराली फाउण्डेशनले काम गरिरहेको छ।

यसै शिलशिलामा स्थानीय सरोकारवाला व्यक्ति, संघसंस्था र स्थानीय सरकारसंग समेत गरिएको पटकपटकको छलफल पछि देउराली फाउण्डेशनले प्रारम्भिक काम सुरु गरेको हो।

सर्वप्रथम फाउण्डेशनको सचिवालय बैठकले अस्पतालको जग्गा, भवन र अन्य भौतिक सम्पत्तीको सुरक्षाकालागि अस्पताल परिसरमा तारजाली लगाई गेट निर्माण गर्नुपर्ने ठहर गरेसंगै परिसरमा तारजाली लगाएर कम्पाउण्डिङ्ग गरि गेट हाल्ने र सेफ्टी ट्यांकी निर्माण गर्ने काम सम्पन्न भएको छ।

यसैगरि, दोस्रो चरण अन्तर्गतको भवनहरुको मर्मत संहार, रंग रोगन, विद्युतीकरण र प्लम्बिङ्ग सम्बन्धि कामहरु पनि केहि दिनमै सुरु हुन लागेको फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले जानकारी दिए।

अहिले भएका कामहरुमा अमेरिकाको क्यालिफोर्निया राज्यमा दर्ता भई संसारभरका नन रेसिडेण्ट नेपालीहरुको हितमा काम गरिरहेको परोपकारी संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशनले आर्थिक सहयोग गरेको छ।

अमेरिकाबाट आएका विशेषज्ञ डाक्टरहरुको समुहले स्थानीय साझेदारहरुसंगको सहकार्यमा २०५० सालमा स्थापना भएको मिसन अस्पताल ८ वर्ष मात्र संचालन भई २०५८ साल देखि बन्द छ।

इतिहास बोकेको र स्थानीय जनतामाझ लोकप्रिय अस्पताल फेरी सञ्चालन हुन लागेको खबरले हुबास र आसपासका क्षेत्रमा खुसियाली छाएको छ।

यसैगरि, एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशनका अध्यक्ष माधव मरासिनीले बन्द रहेको अस्पताल पुनः सञ्चालनको प्रारम्भिक चरणमा जोडिएर परोपकारी काम गर्न पाउँदा खुशी व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...