News Portal

मानिसले किन गर्छन् आत्महत्या? कसरी रोकथाम गर्न सकिन्छ? 

हिमालीसंचार संवाददाता
४२३ पटक

काठमाडौं– कुवेतमा नेपालीहरुको संख्या पछिल्लो  तथ्यांक अनुसार लगभग १ लाखको हाराहारीमा नेपालीहरू. काम गर्छन्। पछिल्लो समय हरेक महिनामा १ दुईजनाको आत्महत्याको घटना बाहिरिरहेको व्यक्तिले आत्महत्या गरिएको घटना बाहिर आइरहेको  पछिल्लो समय कुवेतमा नेपालीहरुको हरेक महिना १ दुईजनाको आत्महत्याको घटना बाहिर आइरहेको छ। मानसिक स्वास्थ्य समस्या छ। आत्महत्याको प्रमुख कारण हो। कुनै व्यक्तिले जब आफ्नो शरीरलाई अन्त्य गर्ने निर्णय गर्छ र, विभिन्न योजना बनाएर मृत्युसम्म पुग्छ भने त्यसलाई आत्महत्या भनिन्छ। आत्महत्या लामो समयदेखि बुनिएका योजना हुन्। तर समयमै गरिएको उपचार र परामर्शले आत्महत्यालाई रोक्न सकिने छ। डिप्रेसनद्वारा पीडित व्यक्तिहरूमा सुरुमा मन दिक्क हुने, काम गर्न जागर नलाग्ने, बढी थकावट महसुस हुने, मनमा नकारात्मक विचारहरू आइरहने र यस्तो अवस्था सुरुमै नियन्त्रण नभएमा समस्या बढ्दै गएर जीवनको अर्थ नै नरहेको जस्तो लाग्ने, आफु मरेपनि हुन्थ्यो जस्तो लाग्ने, र अझै रोग छिपिदै गएमा अन्त्यमा आत्महत्यासम्म पुग्न सक्ने हुन्छ।

आत्महत्या भनेको के हो?
– आफूले आफूलाई हानी गर्न खोज्नु, मार्न खोज्नुलाई आत्महत्या भनिन्छ।
– आत्महत्यामा आफ्नो भौतिक शरीरलाई विभिन्न माध्यमबाट अन्त्य गर्ने प्रयास गरिन्छ।
– आत्महत्यालाई आत्महानी पनि भनिन्छ।

मानिसले किन आत्महत्या गर्छन्?
–  ९० प्रतिशत आत्महत्या मानसिक रोगसँग सम्बन्धित हुन्छन्।
– आत्महत्या गर्ने अधिकांश व्यक्तिमा डिप्रेसन, लागू पदार्थको दुव्र्यसनी, कडा खालको मानसिक रोग देखिन्छ।
– मानसिक समस्या भएपछि व्यक्तिले राम्रोसँग काम गर्न सक्दैन।
– व्यक्तिले राम्रोसँग काम गर्न नसकेपछि मानसिक समस्या पनि बढ्न थाल्छ।
– मानसिक समस्यालाई अझै पनि धेरैले राम्रोसँग बुझ्न सकेका छैनन्।
– मानसिक रोगको समयमै पहिचान हुन नसक्दा पनि आत्महत्याको घटना घट्छ।
– आत्महत्या रोक्न सकिन्छ। उपचार सम्भव छ।
– मानसिक रोगको उपचार गर्न अहिले पैसाको आवश्यकता पर्दैन। विभिन्न संघ संस्थाले पनि यसको उपचारमा सहयोग गरिरहेको छ।
– असफलताले गाँज्दै लग्दा पनि मानसिक समस्या देखिन्छ।

कुनै व्यक्तिले आत्महत्याको योजना बनाउँदैछ भने उसले कस्तो किसिमको व्यवहार देखाउँछ?
– आत्महत्याको योजना बनाइरहेका व्यक्तिको व्यवहार र सोचाई फरक हुन्छ।
– हरेक असफलता र बिग्रका कामको दोषि आफैँलाई बनाउँछ।
– हरेक कुरालाई नकारात्मक तरिकाले सोच्न, विचार गर्न थाल्छ।
– जीवनप्रति निराशापन बढ्न थाल्छ। जीउने चाहना कम हुन्छ।
– घर परिवारसँग झगडा गर्ने, रिसाउने, मर्ने धम्की दिने व्यवहार देखाउँछ।
– घर परिवार वा साथीहरुले उनीहरुले देखाउने यस किसिमको व्यवहारलाई गम्भीरतापूर्वक लिनुपर्छ।
– उनीहरुको समस्या सुनिदिँदा मात्र पनि धेरै कम हुन्छ।
– मानसिक रोग विशेषज्ञसँग उपचार गर्दा पनि आत्महत्याको जोखिम कम गराउँछ।
– आत्महत्याको सोचाई आएपछि व्यक्तिले योजना बनाउन थाल्छ।
– उनीहरुले भनेका कुराहरुलाई धम्कीको रुपमा मात्र लिनु हुँदैन।
– सही उपचार गरियो भने ९० प्रतिशत मानसिक रोगलाई रोक्न सकिन्छ।

आत्महत्याको समस्या किन बढीरहेको छ?
– मानसिक समस्याले नै आत्महत्याको घटनालाई बढाइरहेको छ।
– गरिबी, अशिक्षा, विभेद, सामाजिक असुरक्षाले पनि आत्महत्या बढाइरहेको छ।
– आत्महत्याको सोचाई आइरहेका व्यक्तिको कुरा र समस्या सुनिदिनु पर्छ।
– सञ्चारमाध्यमहरुले आत्महत्या गर्ने तरिकालाई बढावा दिनु हुँदैन।
– नेपालमा हरेक दिन २० देखि २१ जनाले आत्महत्या गर्छन्।
– जीवन धेरै अमूल्य छ। यसलाई आत्महत्या गरेर खेर फाल्नु हुँदैन।
– महामारीको समयमा मात्र मानसिक स्वास्थ्यका मुद्दाले प्राथमिकता पाउँछन्।
– सरकारले मानसिक स्वास्थ्य सम्बन्धी साक्षरता र सचेतना बढाउनुपर्छ।
– मानसिक स्वास्थ्य सम्बन्धी सेवा सुविधा तल्लो तहसम्म पुर्‍याउनुपर्छ।

आत्महत्याको समस्यालाई कसरी रोकथाम गर्न सकिन्छ?
– आत्महत्याको दरलाई घटाउन प्रयास भएका छन्। तर व्यवस्थित भएन।
– सरकारले जनशक्ति, सेवा, नीति, बजेट सबैलाई प्राथमिकता दिएर अघि बढ्न सक्नुपर्छ।
– आत्महत्याको समस्या रोकथाम गर्न स्थानीय सरकारको प्रमुख भूमिका छ।
– मानसिक रोगको मुद्दालाई तीन तहकै सरकारले प्राथमिकता दिनुपर्छ।
– उपचार सेवालाई सहज र पहुँच योग्य बनाउनुपर्छ।

 

प्रतिकृया दिनुहोस्

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...