News Portal

सुनसरी जिल्लाकै लामो पुल उद्धाटन, पुलसंगै टिकटक रिसोर्ट

हिमालीसंचार संवाददाता
४८२ पटक

धरान – धरान उपमहानगरपालिका धरान ५ स्थित आपटार र ठिङ्गाबारी विचको अधेरी खोलामा सुनसरी जिल्लाकै सबै भन्दा लामो २३३ मिटरको झोलुङगे पुल निर्माण सम्पन्न गरी उद्धाटन गरिएको छ।

प्रदेश सरकारको शहरी विकास मन्त्रालय, स्थानीय पुर्वाधार विभाग मातहतको सस्पेन्सन बृज डिभिजनले निर्माण गरेका झोलुङगे पुलको बिधिवत उद्धाटन संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा र वडा नम्बर ५ का वडा अध्यक्ष मनप्रसाद लिम्बुले सयुक्त रुपमा पुल उद्घाटन गरेका हुन   

उक्त पुलको कुल लागत १ करोड ८ लाख ४२ हजार ९१५ रुपैया लागत लागेको वडाअध्यक्ष मन प्रसाद लिम्बुले जानकारी दिए । उनका अनुसार पुलको  भारवाहन क्षमता ७० मेट्रिक टन अथवा ५०३ जना क्षमता रहेको छ ।

धरान-५ ठिङगाबारीमा  संचालनमा आएको टिकटक रिसोर्ट पनि उद्घाटन गरिएको छ। रिसोर्टको उद्धाटन समेत गरिएको थियो। टिकटक रिसोर्ट साढे ११ कट्ठाको क्षेत्रफलमा निर्मित गरिएको हो। उक्त रिसोर्ट करिब ३ करोड लगानीमा निर्माण गरिएको हो। 

रिसोर्टमा हाल काठको रोटेपिङ्ग, केटाकेटीको लागि चिप्लेटी, फोटो खिच्नको लागि सर्पको प्रतिमा पनि राखिएको सञ्चालक मध्येका यम लिम्बुले जानकारी दिए । उक्त रिसोर्ट यम लिम्बु, यम हुक्सा चोङवाङ, सोमा राई र मैना राईको संयुक्त लगानीमा सञ्चालनमा ल्याएका हुन । 

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...