News Portal

उपराष्ट्रपति र कांग्रेसको चियापान कार्यक्रमको दिन जुधेपछी उपराष्ट्रपति पुन दलविशेषको चियापानमा उपस्थित नहुने

हिमाली संचार संवाददाता
५८३ पटक

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन र नेपाली कांग्रेसको चियापान एकै दिन परेको छ । दशैं, तिहार, छठ, नेपाल सम्वतलगायतका पर्वका अवसरमा दुबैले कात्तिक १६ गते चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।

चियापान कांग्रेसले मध्यान्ह एक बजे सानेपास्थित बीपी स्मृति भवनमा गर्न लागेको छ भने उपराष्ट्रपति कार्यालयले पनि सोही दिन मध्यान्ह दुई बजे बहादुर भवनमा चियापान कार्यक्रम आयोजना गरेको छ । मिति जुधेपछि दुबै पक्षले पहिला आफूले घोषणा गरेको दाबी गरेका छन् ।

हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको चियापान कार्यक्रम पार्टी नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण १६ कात्तिकका लागि सारिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । ‘हामीले २८ असोजमा मिति तय गरेर त्यसको भोलिपल्ट नै चियापान सरेको प्रेस वक्तव्यमा उल्लेख गरेका थियौं’, शर्माले अनलाइनखबरसँग भने ।

एकै दिन दुईवटा कार्यक्रम हुँदा निम्तालुहरूलाई समस्या पर्ने शर्मा बताउँछन् । उनी भन्छन्, ‘हाम्रो निम्तो मान्न उपराष्ट्रपतिज्यू पनि नआउनु हुने भयो र उहाँले पनि प्रमुख प्रतिपक्षविनाकै चियापान गर्न खोज्नु भएजस्तो देखियो ।’

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगर भने कांग्रेसले भन्दा पहिला आफूहरूले मिति तय गरेको बताउँछन् । उनका अनुसार उपराष्ट्रपति कार्यालयले असोज २१ गते नै चियापानको मिति तय गरिसकेको थियो ।

‘सञ्चार माध्यममा अहिले समाचार आए पनि मिति पहिला नै तय भइसकेको थियो’ मगर भन्छन्, ‘कांग्रेसले कोजाग्रत पूणिर्माको दिन गर्ने भएकाले मिति नजुधोस् भनेरै १६ गतेलाई तय भएको थियो ।’
उपराष्ट्रपतिलाई कांग्रेसको चियापानको निम्तो आएको बताउँदै प्रेस संयोजक मगर राष्ट्रपति र उपराष्ट्रपति कुनै पनि दलविशेषको कार्यक्रममा सहभागी नहुने परम्परा रहेको बताउँछन् ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...