News Portal

नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एअरको उडान अनुमतिपत्र एओसी निलम्बन गऱ्यो

हिमालीसंचार संवाददाता
३२८ पटक

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एअरको उडान अमुमतिपत्र एओसी नै निलम्बन गरिदिएको छ । पछिल्लो ३ महिनामा २ पटक दुर्घटना भएको र अब मनाङसँग उडाउन योग्य एउटा पनि साधन नभएकोले उडान अनुमतिपत्र नै निलम्बन गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

मनाङसँग उडानयोग्य जहाज र उडान सुरक्षाको भरपर्दो प्रतिबद्धतापछि मात्रै एओसी दिइने उनको भनाइ छ । मनाङको हेलिकप्टर गएको जुलाई ११ तारिख सुर्केबाट काठमाण्डौ आउँदै गर्दा लामोजुरामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो। अर्को फेरी दुर्घटनामा परेको छ ।

मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले छोटो समयमा भएको दुइवटा दुर्घटनाले कम्पनीलाई ठूलो क्षति भएको बताए । उनले दुई वटा हेलिकप्टर दुर्घटना हुँदा एकातिर कम्पनीलाई ठूलो क्षति भएको र अर्कातिर उडान अनुमति निलम्बन भएको बताए ।

उनले अर्डर गरेको अर्को हेलिकप्टर चार महिनापछि मात्रै आउने जानकारी दिए । मनाङ एयरको ‘एन–एनजे’ कलसाईन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेडाईँ खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

पाइलटको काठमाडौं स्थित ह्याम्स अस्पतालमा उपचार भैरहेको छ । बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...