News Portal

नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एअरको उडान अनुमतिपत्र एओसी निलम्बन गऱ्यो

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एअरको उडान अमुमतिपत्र एओसी नै निलम्बन गरिदिएको छ । पछिल्लो ३ महिनामा २ पटक दुर्घटना भएको र अब मनाङसँग उडाउन योग्य एउटा पनि साधन नभएकोले उडान अनुमतिपत्र नै निलम्बन गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

मनाङसँग उडानयोग्य जहाज र उडान सुरक्षाको भरपर्दो प्रतिबद्धतापछि मात्रै एओसी दिइने उनको भनाइ छ । मनाङको हेलिकप्टर गएको जुलाई ११ तारिख सुर्केबाट काठमाण्डौ आउँदै गर्दा लामोजुरामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो। अर्को फेरी दुर्घटनामा परेको छ ।

मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले छोटो समयमा भएको दुइवटा दुर्घटनाले कम्पनीलाई ठूलो क्षति भएको बताए । उनले दुई वटा हेलिकप्टर दुर्घटना हुँदा एकातिर कम्पनीलाई ठूलो क्षति भएको र अर्कातिर उडान अनुमति निलम्बन भएको बताए ।

उनले अर्डर गरेको अर्को हेलिकप्टर चार महिनापछि मात्रै आउने जानकारी दिए । मनाङ एयरको ‘एन–एनजे’ कलसाईन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेडाईँ खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

पाइलटको काठमाडौं स्थित ह्याम्स अस्पतालमा उपचार भैरहेको छ । बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो । 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...