News Portal

पहिचान पक्षधरलाई विनासर्त रिहा नगरे अनिश्चितकालीन धनकुटा बन्द गर्ने चेतावनी

हिमालीसंचार संवाददाता
४१६ पटक

धनकुमार बान्तावा/धनकुटा  – कोशी प्रदेश खारेजीको माग गर्दै चलिरहेको आन्दोलनका क्रममा पक्राउ गरिएका पहिचानवादी नेता-कार्यकर्ताहरूलाई बिनाशर्त रिहा गर्न पहिचान पक्षधर संघ, संस्थाहरूले माग गरेका छन् । विनासर्त रिहा नगरे अनिश्चितकाल धनकुटा बन्द गर्ने चेतावनी समेत दिएका छन्।

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति, नेपाल आदिवासी जनजाति महासंघ लगायतका संघसंस्थाहरूले शनिबार प्रेस विज्ञप्ति जारी गरी भोलिसम्म पक्राउ परेका ३ जना पहिचान पक्षधर नेता-कार्यकर्तालाई नछाडेमा धनकुटा जिल्ला बन्द लगायतका आन्दोलनका कार्यक्रम गरिने उल्लेख  गरेका छन्। 

गत असोज २५ गते झुठा आरोपमा धनुकटाको चौबिसेस्थित आ-आफ्नै घरबाट पहिचानवादी नेता-कार्यकर्ताहरू मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई प्रहरीले पक्राउ गरेको जनाएका छन् । 

प्रहरीले बिना अभियोग, अदालतको आदेश जानकारी विना नै व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार र गोपनीयताको अधिकार समेतको उल्लंघन गर्दै घरबाटै अपहरण शैलीमा पक्राउ गरिएको उल्लेख गर्दै आपत्ती जनाएका छन्।

उनीहरुलाई विना कारण पक्राउ परेका तीनै जनालाई तत्काल छाड्न सोही दिन (असोज २५ गते) नै विज्ञप्तिमार्फत प्रशासनलाई जानकारी गराइएको र संयुक्त संघर्ष समितिले निरन्तर पहल गरिरहेको विज्ञप्तीमा उल्लेख गरेका छन्। तर, हालसम्म रिहाइ नभएको भन्दै असोज २८ गतेसम्म बिनाशर्त नछाडेका असोज २९ गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गर्ने चेतावनी दिएका छन्। 

संयुक्त संघर्ष समितिले इलाका प्रहरी कार्यालय राजारानी घेराउ तथा धनकुटा बन्दबारे प्रचारप्रसार गरेका छन्। त्यस्तै, असोज २८ गते धनकुटामा विरोध कार्यक्रम गर्ने, २९ गते सुनसरीको धरान-भेडेटार, बराहक्षेत्र, मोरङको लेटाङ सिंहदेवी हुँदै बुधबारे, पाँचथरको ६ नम्बर बुधबारे-रबि, तेह्रथुम भोजपुरबाट आउने सम्पूर्ण नाका बन्द गर्ने जनाएका छन्। त्यस्तै विज्ञप्तिमा रिहाइ नगरेमा असोज ३० गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गर्ने उल्लेख गर्दै चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...