News Portal

तोकिएको भन्दा बढी भाडा असुल्ने चालकलाई ट्राफिक प्रहरीले गऱ्यो कारवाही

हिमालीसंचार संवाददाता
४५० पटक

खोटाङ – खोटाङमा जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले बढी भाडा उठाउने चार सुमो चालकलाई कारबाही गरेको छ ।

नेपालीहरुको महान चाड दशैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरेर सुरु गरिएको विशेष सवारी जाँच अभियानका क्रममा यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाउने सवारी चालक तथा सवारीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको ना १ ज ३३९३, ना १ ज ४४८३, प्रदेश–२–०३०१ ज ००११ र ना १ ज ५६५९ नम्बरको सुमो चालकहरु कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक हिमाल पौडेलले जानकारी दिए।

दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा २ हजार १० रुपैयाँ निर्धारण गरिएको भए पनि सुमो चालकले २ हजार २ सयदेखि ३ हजार ५ सयसम्म भाडा लिएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

ना १ ज ५६५९ नम्बरको सुमोले सबैभन्दा बढी निर्धारित भाडा दरमा १ हजार ४९० रुपैयाँ बढी भाडा लिएको यात्रुको गुनासो छ । अभियान सुरु गरेको दुई दिनमै चार वटै सुमोलाई कारबाही स्वरुप आगामी दिनमा गल्ती नदोहोर्‍याउने सर्तमा तीन/तीन हजार जरिवाना गरेर छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक पौडेलले बताए ।

सुमो चालकले यात्रुबाट निर्धारण गरिएकोभन्दा झण्डै दोब्बर बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले असोज २६ गतेदेखि विशेष सवारी जाँच अभियान शुरु गरेको हो ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...