News Portal

संखुवासभामा डेंगु परीक्षणका लागि कीट अभाव

हिमालीसंचार संवाददाता
२७३ पटक

नवराज राई/संखुवासभा – संखुवासभा जिल्ला अस्पतालमा डेंगु रोग परीक्षण गर्नेका लागि कीट अभाव भएको छ । कीट अभावका कारण विकट क्षेत्रबाट आएका बिरामीलाई मर्का परेको छ ।

जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत विकास आचार्यका अनुसार अस्पतालमा आउने बिरामीले डेंगु परीक्षण सेवा नपाएर निजी अस्पताल जानुपर्ने बाध्यता छ । 

जिल्ला अस्पतालमा तीन दिनदेखि कीट अभाव हुदा डेंगु परीक्षणका लागि अस्पतालमा परिक्षण रोकिएको हो । कीट अभाव भएपछि कीटका लागि स्वास्थ्य मन्त्रालय र कोशी प्रदेश कार्यालयमा माग गरिसकिएको छ । 

जिल्लामा गत साउन महिनायता डेंगु संक्रमितको संख्या १ हजार ३ सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्ला अस्पतालमा डेंगु बिरामी दैनिक बढ्दै गएपछि कीटको अभाव हुन थालेको हो। बिरामीलाई अस्पतालको ‘प्यासेज’ र सभाकक्षमा राखेर उपचार गर्नु परिरहेको समेत अस्पतालले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...