News Portal

खोटाङमा गोरु काटेर सामुहिक भोज खाने चार जना युवा रिहा

हिमालीसंचार संवाददाता
१३५१ पटक

खोटाङ – पूर्वाञ्चलको खोटाङ जिल्लामा गोरु काटेर सामुहिक भोज खाएको आरोपमा संलग्न चारजना युवा १५ दिनपछि रिहा भएका छन्।

खोटाङमा गोरु काटेर सामुहिक भोज खान र खुवाउनमा संलग्न भएको अभियोगमा गत असोज–९ गते पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४० वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय डिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङ मंगलबार तारेखमा रिहा भएका हुन्।

जिल्ला अदालतको आदेशमा तेजबहादुर तामाङ सामान्य तारेखमा र अन्य तीनजना रु.१०/१० हजार धरौटीमा रिहा गरिएको प्रहरीले जनाएको छ ।

मंगोल नेशनल अर्गनाइजेसन (डिजिजी) को अगुवाइमा असोज–८ गते गोरु काटेर सामुहिक भोज खान र खुवाउन संलग्न भएको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको थियो। उनीहरुलाई आ-आफ्नो घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै डिजिजीले असोज–१० गते र असोज–१४ गते दिक्तेल बजारमा प्रदर्शन गरेको थियो ।

प्रहरीले गोरु काट्न नेतृत्व गर्ने भन्दा सहयोगी र भोजको भिडियो शेयर गर्नेलाई मात्र पक्राउ गरेको भन्दै सामाजिक संजालमा आलोचना भएको थियो। डिजिजीले घटनाको अपनत्व लिन खोजेपछि जिल्लाका पहिचान पक्षधरहरु पछाडि हटेका थिए।

डा. गोपाल गुरुङ नेतृत्वको मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट फुटेर बनेको मंगोल नेशनल अर्गनाइजेसन (डिजिजी) समूहले पूर्वी नेपालमा गोरु काटेर सामुहिक भोजको आयोजना गर्दै आएको छ।

गोरु-गाई काटेर खाएको आरोपमा राज्यले धेरै मानिसलाई पक्राउ गरी कारबाही गर्ने कार्य तीव्र पारेपछि त्यसको प्रतिरोधमा पुर्वका विभिन्न जिल्लाहरुमा गोरु काटेर सामुहिक भोज खाने अभियान चलाइएको उनीहरुले बताउँदै आएका छन्।

डिजिजीमा आवद्ध समूहले पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा साँस्कृति क्रान्तिको रुपमा पहिचानवादी समुहले आन्दोलनका रुपमा अभियान नै संचालन गर्दै आएका छन्। 

संधीय सांसदमा समेत सांसद दुर्गा राईले काटेर पुजा गर्नेले पुजा गर्नु पाउनु पर्छ र पुजेर पुजा गर्नेले पुजा गर्न पाउनु पर्ने धारणा राख्दै संविधान संसोधनका लागि समेत माग गरेकी थिईन्। 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...