काठमाडौं – पूर्वको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत १ सय ७७ जना चिकित्सकले सामुहिक राजीनामा दिएका छन् ।
काठमाडौ आएका नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको करिब ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरुले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामापत्र बुझाएका हुन्। चिकित्सकहरुले स्वास्थ्यमन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासोसहित मंगलबार ज्ञापनपत्र बुझाएका थिए ।
धरान स्थित प्रतिष्ठानमा चिकित्सको दरबन्दी खाली भएर पनि विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई वर्षयतामात्र ५० भन्दा बढी दक्ष चिकित्सकहरुले प्रतिष्ठान छाडेको, विभिन्न विभागका प्रोफेसर तहका चिकित्सक अभाव भए पनी प्रतिष्ठानको पठानपाठनमा असर परेको बारेमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए ।
मन्त्री बस्नेत पनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई समेत छलफलमा बोलाएर निकास निकाल्ने निर्देशन दिएको जानकारी दिँदै पन्छिएको चिकित्सकहरुको आरोप छ ।