News Portal

मोरङको रंगेली नगरमा इलाका प्रहरी कार्यालयद्वारा नागरिक सुनुवाई कार्यक्रम गऱ्यो

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
३१९ पटक

असोज २२, सोमबार/मोरङ – मोरङको इलाका प्रहरी कार्याकलय रंगेलीले “नागरिक सुनुवाई” कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।  रंगेली नगरपालिका-७ स्थित तिरुपती बालाजी मन्दिरको भवनमा इलाका प्रहरी कार्यालय रंगेलीले नागरीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो।

आयोजित कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालिकाको मेयर दिलिप कुमार अग्रवाल, विशिष्ठ अतिथि उप-मेयर भुमा कुमारी पराजुली,  प्रशासकिय अधिकृत ओमकार न्यौपाने, जिल्ला प्रहरी कार्यालय मोरङका क्षदिलाल कामती, सशस्त्र प्रहरी बल नेपाल विओपि रंगेली चोप्राहाका प्रमुख प्रहरी निरीक्षक समिर अख्तर, स्थानीय मनोज अग्रवाल, सन्तोष साह, शंकर प्रसाद साह, नगरका सबै वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधीहरु, स्थानीय विभिन्न संघ संस्थाका  प्रमुखहरु, नागरिक समाज, स्थानीय बुद्धिजिवी, समावेशी र नेपाल प्रहरी लगायतको उपस्थिति रहेको थियो । 

नागरिक सुनवाइमा सहभागीहरुले नेपाल भारत सिमानाको समस्या, लागूऔषध, चोरी, सवारी दुर्घटना, ट्राफिक व्यवस्थापन लगायतका महत्वपूर्ण विषयमा जानकारी समेत गरेको थियो । सहभागीहरुले  नेपाल-भारत सीमा क्षेत्रमा जोडिएको हुनाले सिमा क्षेत्रमा अपराध, चोरी पैठारी, नियन्त्रण तथा लागुऔषध ओसारपसारको नियन्त्रण गर्नेका लागि नागरिक समाज  र प्रहरी मिलेर मात्रै सहज  हुने  सहभागीहरुले बताए ।  

मेयर बगडीयाले समाजमा हुने जुनसुकै अपराध नियन्त्रण गर्नका लागि नेपाल प्रहरी संग सहजिकरण गर्ने प्रतिबद्धता जनाउँदै अपराध नियन्त्रणमा नागरिक, नेपाल प्रहरी र स्थानीय सरकारले मिलेर काम गर्नुपर्ने  समेत मेयर वगडियाले बताए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...