News Portal

मोरङको रंगेली नगरमा इलाका प्रहरी कार्यालयद्वारा नागरिक सुनुवाई कार्यक्रम गऱ्यो

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
२७८ पटक

असोज २२, सोमबार/मोरङ – मोरङको इलाका प्रहरी कार्याकलय रंगेलीले “नागरिक सुनुवाई” कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।  रंगेली नगरपालिका-७ स्थित तिरुपती बालाजी मन्दिरको भवनमा इलाका प्रहरी कार्यालय रंगेलीले नागरीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो।

आयोजित कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालिकाको मेयर दिलिप कुमार अग्रवाल, विशिष्ठ अतिथि उप-मेयर भुमा कुमारी पराजुली,  प्रशासकिय अधिकृत ओमकार न्यौपाने, जिल्ला प्रहरी कार्यालय मोरङका क्षदिलाल कामती, सशस्त्र प्रहरी बल नेपाल विओपि रंगेली चोप्राहाका प्रमुख प्रहरी निरीक्षक समिर अख्तर, स्थानीय मनोज अग्रवाल, सन्तोष साह, शंकर प्रसाद साह, नगरका सबै वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधीहरु, स्थानीय विभिन्न संघ संस्थाका  प्रमुखहरु, नागरिक समाज, स्थानीय बुद्धिजिवी, समावेशी र नेपाल प्रहरी लगायतको उपस्थिति रहेको थियो । 

नागरिक सुनवाइमा सहभागीहरुले नेपाल भारत सिमानाको समस्या, लागूऔषध, चोरी, सवारी दुर्घटना, ट्राफिक व्यवस्थापन लगायतका महत्वपूर्ण विषयमा जानकारी समेत गरेको थियो । सहभागीहरुले  नेपाल-भारत सीमा क्षेत्रमा जोडिएको हुनाले सिमा क्षेत्रमा अपराध, चोरी पैठारी, नियन्त्रण तथा लागुऔषध ओसारपसारको नियन्त्रण गर्नेका लागि नागरिक समाज  र प्रहरी मिलेर मात्रै सहज  हुने  सहभागीहरुले बताए ।  

मेयर बगडीयाले समाजमा हुने जुनसुकै अपराध नियन्त्रण गर्नका लागि नेपाल प्रहरी संग सहजिकरण गर्ने प्रतिबद्धता जनाउँदै अपराध नियन्त्रणमा नागरिक, नेपाल प्रहरी र स्थानीय सरकारले मिलेर काम गर्नुपर्ने  समेत मेयर वगडियाले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...