News Portal

इजरायलमा हमास आक्रमणः ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर

हिमालीसंचार संवाददाता
३४६ पटक

काठमाडौं। शनिबार बिहानै प्यालेस्टइनको आतंककारी संगठन हमासले गरेको आक्रमणमा परी इजरायलमा रहेका ९ जना नेपाली घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। शनिबार साँझ मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि मन्त्रालयले ९ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिएको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै घाइतेको तथ्यांक पुष्टि गरे पनि उनीहरुको विवरण भने खुलाएको छैन। मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ।

इजरायलस्थित नेपाली राजदूतावासले युद्ध चलिरहेको क्षेत्रका नेपालीलाई सुरक्षित स्थानमा रहन र अप्ठ्यारोमा परेकाहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

यस्तै एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायली सुरक्षा निकायसँगको समन्वयमा उद्धार कार्य जारी रहेको र अप्ठ्यारोमा परेकालाई सम्पर्कमा आउन अनुरोध गरेका छन्।

शनिबार बिहान हमासले गरेको रकेट आक्रमणमा अहिलेसम्म ४० इजरायलीको मृत्यु भएको बताइएको छ। उक्त आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध युद्धको घोषणा गरेका छन्।

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...