News Portal

इजरायलमा हमास आक्रमणः ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर

हिमालीसंचार संवाददाता
३८० पटक

काठमाडौं। शनिबार बिहानै प्यालेस्टइनको आतंककारी संगठन हमासले गरेको आक्रमणमा परी इजरायलमा रहेका ९ जना नेपाली घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। शनिबार साँझ मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि मन्त्रालयले ९ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिएको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै घाइतेको तथ्यांक पुष्टि गरे पनि उनीहरुको विवरण भने खुलाएको छैन। मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ।

इजरायलस्थित नेपाली राजदूतावासले युद्ध चलिरहेको क्षेत्रका नेपालीलाई सुरक्षित स्थानमा रहन र अप्ठ्यारोमा परेकाहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

यस्तै एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायली सुरक्षा निकायसँगको समन्वयमा उद्धार कार्य जारी रहेको र अप्ठ्यारोमा परेकालाई सम्पर्कमा आउन अनुरोध गरेका छन्।

शनिबार बिहान हमासले गरेको रकेट आक्रमणमा अहिलेसम्म ४० इजरायलीको मृत्यु भएको बताइएको छ। उक्त आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध युद्धको घोषणा गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...